२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

सुबास गिरीको चौथो स्मृति दिवस : चम्किपुरको शालिक परिवर्तन र पार्क निर्माणमा जोड

२०८१ भाद्र २, आईतबार प्रकाशित ( हफ्ता अघि) २८२ पाठक संख्या

परासी, २ भदौ । कोरोना संक्रमणका कारण मृत्युवरण गर्नुभएका नेपाली कांग्रेस नवलपरासीका तत्कालिन उपसभापति एवं मधेस आन्दोलनका नेतृत्वकर्ता सुवासचन्द्र गिरीको चौँथो स्मृत्ति दिवस मनाईएको छ ।
सुवासचन्द्र गिरी स्मृत्ति प्रतिष्ठानले स्वर्गीय गिरीको अर्धकदको शालिक रहेको स्थल रामग्राम–८ चम्किपुरमा आईतबार चौँथो स्मृत्ति दिवसको अवसरमा श्रद्धाञ्जली सभा गरि गिरीको स्मरण गरेको हो । सभामा बोल्ने वक्ताहरुले गिरीले सामाजिक तथा राजनीतिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवालले स्वर्गीय गिरीले देखाएको पथलाई अंगिकार गरि अघि बढेमा मात्र उहाँप्रति सच्चा श्रद्धासम्मान हुने बताउनभुयो । प्रदेश सांसद जयसवालले चम्किपुरमा रहेको स्वर्गीय गिरीको अर्धकदको शालिक परिवर्तन हुनुपर्ने माग जायज रहेको बताउँदै आफ्नो व्यक्तिगत खर्चमा उहाँको स्वरुपको आकृत्ति झल्कने गरि नयाँ शालिक स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सुवास गिरी स्मृत्ति प्रतिष्ठानको भवन निर्माणका लागि समेत आगामी वर्षको बजेटमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष शम्भु उपाध्यायको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापति अनिल कुमार गौड, नेकपा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज भविश्वर तिवारी आजाद, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक जिल्ला सभापति रबी पाण्डे,जसपा नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादव, जनमत पार्टीका केन्द्रीय सदस्य बालगोविन्द चौधरी,नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव गजानन्द पटेल, स्वर्गीय गिरीका काका एवं लोसपाका जिल्ला अध्यक्ष मुकुरजी गिरी लगायतले श्रद्धाञ्जली व्यक्त गर्नुभएको प्रतिष्ठानका कन्हैया चौधरीले बताउनुभयो ।
वक्ताहरुले हाल चम्किपुरमा रहेको शालिकले स्वर्गीय गिरीको स्वरुपको आकृत्ति दिन नसकेकोले शालिक परिवर्तन गर्नुपर्ने, गिरीको स्मृत्तिमा पार्क निर्माण गर्नुपर्ने, प्रतिष्ठानको भवन निर्माण गर्नुपर्ने,गिरीका छोराछोरीलाई शैक्षिक अध्ययन तथा रोजगारीको अवसरका लागि पहल गर्नुपर्ने लगायत कुरामा जोड दिएका थिए ।
राजनीति, सामाजिक तथा व्यवसायिक क्षेत्रमा सक्रिय स्वर्गीय सुवासचन्द्र गिरीको कोरोना संक्रमणका कारण वि.स.२०७७ भदौ २ गतेका दिन ३८ वर्षको अल्पायुमै निधन भएको थियो । मधेस आन्दोलनबाट उदाएका गिरीले छोटो समयमै राजनीति र व्यवसायिक क्षेत्रमा सफलता प्राप्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस