२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

बर्दघाटमा मोटरसाईकल दुर्घटनामा परी चालकको ज्यान गयो

२०८१ श्रावण ३२, शुक्रबार प्रकाशित ( महिना अघि) ८९५ पाठक संख्या

परासी, ३२ साउन । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१६ मा आज भएको मोटरसाईकल दुर्घटनामा चालकको ज्यान गएको छ । मृत्यु हुनेमा सोही वडाका ३० वर्षीय रमेश गुरुङ्ग रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार बर्दघाट–त्रिवेणी सडकखण्ड अन्तरगत बर्दघाट–१६ रसायली चोकमा आज दिउँसो बर्दघाटबाट बरुवा चोक जाँदै गरेको लु २८ प ५४२० नम्बरको मोटरसाईकलले सोही दिशाबाट जाँदै गरेको अर्काे मोटरसाईकललाई ओभरटेक गर्दा सोही दिशातर्फ नै गईरहेको लु १ ह ४१६३ नम्बरको अटोमा ठक्कर खाएको थियो ।
अटोमा ठक्कर खादाँ उछ्ट्टिएर अनियन्त्रित भई सडक छेउको होर्डिङ्ग बोर्डमा मोटरसाईकल ठोक्किएको थियो । दुर्घटनामा परि गम्भीर घाईते भएका मोटरसाईकल चालक गुरुङ्गको चिसापानी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भैरहवा स्थित मेडिकल कलेजमा रिफर गरिएकोमा उपचारको क्रममा आज दिउँसो नै मृत्यु भएको डिएसपी बोहराले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%१%१७%

प्रतिक्रिया दिनुहोस