२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

एमाले पश्चिम नवलपरासीको ईन्चार्जमा खनाल

२०८१ श्रावण १७, बिहिबार प्रकाशित ( महिना अघि) ३०२ पाठक संख्या

परासी,१७ साउन । नेकपा एमाले पश्चिम नवलपरासीको ईन्चार्जमा सरिता खनाल(भुसाल)ले जिम्मेवारी पाउनुभएको छ । उक्त पार्टी विहीबार सम्पन्न सचिवालय बैठकले केन्द्रीय सदस्य खनाललाई नवलपरासी ईन्चार्जको जिम्मेवारी दिएको हो ।
यसअघि फरक भूगोलबाट ईन्चार्जको जिम्मेवारी दिने नीति अनुरुप नवलपरासी ईन्चार्जमा कपिलवस्तुका बलराम अधिकारी हुनुहुन्थ्यो । केन्द्रीय सदस्य अधिकारी संघीय सरकारको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री नियुक्त भएपछि दोहोरो जिम्मेवारी नदिने र सोही भूगोलबाटै ईन्चार्ज तोक्ने पार्टीको नीति अनुरुप खनाल जिल्ला ईन्चार्ज तोकिनुभएको हो ।
प्रतिनिधिसभा सदस्य समेत रहनुभएकी खनाल नवलपरासीबाटै प्रतिनिधित्व गर्नुहुन्छ । यस्तै नवलपरासीबाटै केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्नुहुने पोलिटव्युरो सदस्य बैजनाथ चौधरीले ईन्जिनियरिङ फाँटको ईन्चार्ज पाउनुभएको छ भने केन्द्रीय सदस्य बिमला अर्याललाई पश्चिम नवलपरासी क्षेत्र नं. २ को ईन्चार्ज बनाईएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस