२०८१ भाद्र २३, आईतबार
24 खबर अपडेट

विषालु सर्पको टोकाइबाट सुनवलमा चार वर्षीय बालकको ज्यान गयो

२०८१ श्रावण १०, बिहिबार प्रकाशित ( महिना अघि) २६१ पाठक संख्या

परासी,१० साउन । पश्चिम नवलपरासीमा सर्पको टोकाइबाट नाबालकको ज्यान गएको छ ।
जिल्लाको सुनवल नगरपालिका -३ कीर्तिपुर बस्ने यमबहादुर नेपालीको ४ वर्षीय छोरा सामुल नेपालीको विषालु सर्पको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराका अनुसार गएराति आफ्नै घरमा खेलिरहेको अवस्थामा बालकलाई विषालु गोमन सर्पले टोकेको हो ।
सर्पको टोकाइबाट गम्भीर घाइते सामुलको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा आज बिहान ज्यान गएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस