२०८१ भाद्र २३, आईतबार
24 खबर अपडेट

पुष्पलालको स्मृतिमा नवलपरासीमा वृक्षारोपण

२०८१ श्रावण ७, सोमबार प्रकाशित ( महिना अघि) १४५ पाठक संख्या

परासी,७ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औं स्मृति दिवसमा वृक्षारोपण गरिएको छ ।

नेकपा (एमाले) जिल्ला कमिटी पश्चिम नवलपरासीको आयोजनामा सुनवल-५ स्थित सहिद विष्णु पाण्डे प्रतिष्ठान परिसरमा विभिन्न प्रजातिका विरुवा रोपिएको हो ।
वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले)का केन्द्रीय सल्लाहकार खिमलाल पोख्रेलसहितका एमाले नेताहरूले उक्त अवसरमा पुष्पलालको तस्बिरमा माल्यणपर्ण गर्दे कम्युनिष्ट पार्टी निर्माणमा श्रेष्ठको योगदानको चर्चा गरेका थिए ।
एमाले जिल्ला उपाध्यक्ष डोलराज भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको थियोे । कम्युनिष्ट आन्दोलनका संस्थापक नेताको सम्झनामा वृक्षारोपण कार्यक्रम गरिएको एमाले जिल्ला कार्यालय सचिव रामचन्द्र भण्डारीले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि पोखरेलले पुष्पलालको राजनीतिक व्यवहार र आदर्शलाई सबेले सधैं सम्झना गरिरहनुपर्नेमा जोड दिनुभयो । कम्यूनिष्ट आन्दोलनलाई थप उचाईमा पुर्याउन स्वर्गीय पुष्पलाल श्रेष्ठले अगाडि सारेका विचार अहिलेपनि सान्दर्भिक रहेको उहाँको भनाइ थियोे ।
कार्यक्रममा एमाले प्रदेश सदस्य थानप्रसाद गैरे,जिल्ला सचिव धीरज बस्याल,उपसचिव राजन आचार्य लगायतले आआफ्नो धारणा राख्नुभएको थियोे ।

IMG 20240722 WA0047

१९८१ असार १५ मा रामेछापको भँगेरीमा जन्मिएका श्रेष्ठको २०३५ साउन ७ मा उपचारका क्रममा भारतमा निधन भएको थियो । पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ १० वैशाख २००६ मा नेकपा स्थापना गरेका थिए । उनको स्मृति दिवसका अवसरमा हरेक वर्ष विविध कार्यक्रम गरिँदै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस