२०८१ भाद्र २३, आईतबार
24 खबर अपडेट

परासीदेखि रामग्राम स्तूपसम्म खुल्ला म्याराथन दौड प्रतियोगिता हुँदै

२०८१ श्रावण २, बुधबार प्रकाशित ( महिना अघि) ३२३ पाठक संख्या

मोहन पौडेल
परासी,२ साउन । युवाहरुको स्वास्थ्य र रामग्राम स्तूपको प्रवर्द्धन गर्नपश्चिम नवलपरासीको सदरमुकाम परासीबाट रामग्राम स्तुपासम्म खुल्ला म्याराथन दौड प्रतियोगिता हुने भएको छ ।
६२ ओैँ ईन्जिनियर दिवसको अवसरमा प्रोग्रेसिभ ईन्जिनियर्स एसोसिएसन नेपाल(पिन) जिल्ला कमिटी पश्चिम नवलपरासीको आयोजनामा खुल्ला म्याराथन हुन लागेको हो ।
साउन ३ गते(भोलि) बिहीबार म्याराथन दौड हुने प्रोग्रेसिभ ईन्जिनियर्स एसोसिएसनका जिल्ला अध्यक्ष ईन्जिनियर राजु ढकालले आज सुनवलमा पत्रकार सम्मेलन गरि जानकारी दिनुभयो । दौड ५ किलोमिटर दुरिको हुनेछ ।
युवाहरूको स्वास्थ्य र फिटनेस प्रवर्द्धनका साथै भगवान् गौतम बुद्धको मौलिक अस्तिधातु रहेको संसारकै एकमात्र सम्पदा रामग्राम स्तुपलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्यले म्याराथन आयोजना गरिएको अध्यक्ष ढकालले बताउनुभयो । एसोसिएसनले ईन्जिनियरहरुको हकहितका लागि आवाज उठाउने मात्रै नभई विभिन्न रचनात्मक कार्यक्रम सहित सामाजिक क्षेत्रमा पनि योगदान गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।
बिहान सातबजे परासी बुद्धचोकबाट शुरु हुने म्याराथनमा सबै उमेर समूहका व्यक्तिहरु सहभागी हुन सक्ने एसोसिएसनका उपाध्यक्ष सुवर्ण न्यौपानेले जानकारी दिनुभयो । प्रतियोगितामा करिब सय जना धावक सहभागी हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
प्रतियोगितामा प्रथम,द्धितीय र तृतीय हुनेलाई नगद रु १० हजार,५ हजार र ३ हजार सहित शिल्ड प्रदान गरिने एसोसिएसनका सचिव शिव न्यौपानेले बताउनुभयो । धावक सबैलाई आयोजकको तर्फबाट टि-सर्टको व्यवस्था गरिएको छ । प्रतियोगितामा हरेक क्षेत्रबाट सहभागी हुन पाउने गरि खुल्ला आह्वान गरिएको एसोसिएसनका सदस्य सन्देश भण्डारीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस