२०८१ कार्तिक २, शुक्रबार
24 खबर अपडेट

सुस्तास्थित नारायणी नदीमा एक पुरुषको शव फेला

२०८१ अषाढ ३१, आईतबार प्रकाशित ( महिना अघि) ३१६ पाठक संख्या

परासी , ३० असार । पश्चिम नवलपरासीस्थित नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ ।
जिल्लाको सुस्ता गाउँपालिका-४ स्थित पन्ध्र नम्बर ठोक्कर नजिकै नारायणी नदीको किनारमा ४०/४५ वर्षको पुरुष व्यक्तिको शव फेला परेको हो ।
घोप्टो परेको अवस्थामा फेला परेको उक्त शवको पहिचान भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।
छिर्केमिर्के कमिज, खुट्टामा मोजा र कम्मरमा कालो कन्दानि बाँधेको अवस्थामा फेला परेको उक्त शवको हुलिया सार्वजनिक गरि सनाखतको प्रयास भईरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस