२०८१ भाद्र २३, आईतबार
24 खबर अपडेट

लैंगिक हिंसा रोकथाम तथा निवारण तालिम सम्पन्न

२०८१ अषाढ १७, आईतबार प्रकाशित ( महिना अघि) १५४ पाठक संख्या

परासी । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नवलपरासी सिसीबीएच कार्यक्रमको आयोजनामा लैंगिक हिंसा रोकथाम तथा निवारण तालिम सम्पन्न भएको छ । क्यानेडिएन रेडक्रसको सहयोगमा भएको उक्त तालिम दुई दिनसम्म सुनवलस्थित रिवर्न होटलमा सम्पन्न भएको हो ।
स्वास्थ्य संस्थामा आउने लैंगिक हिंसा पीडित विरामीलाई लैंगिक संवेदनशीलता व्यवहारका लागि स्वास्थ्यकर्मीहरुलाई उक्त तालिम प्रदान गरिएको सिसीबीच कार्यक्रम संयोजक अनुप खड्काले जानकारी दिनुभयो । कार्यक्रममा लैंगिक हिंसाको परिभाषा, यसको रोकथाम तथा नियन्त्रणको चरणहरु,स्वास्थ्यकर्मीले पीडितलाई गर्नुपर्ने व्यवहार, हिंसा न्यूनीकरण र पीडितलाई न्यायका लागि कानूनी प्रक्रिया र सहयोग लगायतका विषयमा कार्यक्रम संयोजक अनुप खड्का,शिव पौडेल, उमेशचन्द्र घिमिरे, मनमाया गुरुङ लगायतले प्रशिक्षण दिनुभएको थियो ।
तलिम पश्चात स्वास्थ्यकर्मीहरुबाट हिंसा न्यूनीकरण गर्न र समुदायमा सचेतना फैलाउन समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति राजेन्द्र अग्रहरीको अध्यक्षता तथा रेडक्रस लुम्बिनी प्रदेशका कोषाध्यक्ष हैदर अलि मोमिनको प्रमुख आतिथ्यमा भएको तालिम समापन कार्यक्रममा रेडक्रस जिल्ला शाखाका उपसभापति कृष्णप्रसाद लामिछाने, कार्यकारी जिल्ला सदस्य अर्जुनबहादुर क्षेत्री लगायतले तालिमबाट सिकेका कुरालाई व्यवहारमा लागू गरि हिंसा रोकथाममा भूमिका खेल्न आग्रह गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस