२०८१ कार्तिक २, शुक्रबार
24 खबर अपडेट

पृथ्वीचन्द्र अस्पतालमा एमएमडिपी एकाई व्यवस्थापन सम्बन्धी अभिमुखीकरण

२०८१ अषाढ १७, आईतबार प्रकाशित ( महिना अघि) २१२ पाठक संख्या

परासी, १६ असार । पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा एमएमडिपी एकाई सञ्चालन तथा व्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । अस्पतालको आयोजना तथा ईन्द्रेणी सामाजिक विकास मञ्च र फेयरमेड फाउण्डेसन नेपालको साझेदारीमा सञ्चालित आधारभूत स्वास्थ्य परियोजनाको आर्थिक एवं प्राविधिक सहयोगमा उक्त कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा फेयरमेड फाउण्डेसन नेपाल लुम्बिनी प्रदेशका परियोजना संयोजक तथा टीम लिडर शशीलाल कर्णले अस्पतालका स्वास्थ्यकर्मीहरुलाई उक्त एकाई सञ्चालनको विषयमा सहजीकरण गर्नुभएको थियो । अस्पतालका निमित्त मेसु डा.किरण पाण्डेयको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहभागि स्वास्थ्यकर्मीहरुले उपेक्षित उष्ण प्रदेशीय रोगहरुको बारेमा नजिकबाट बुझ्न पाएको भन्दै आधारभूत स्वास्थ्य परियोजनालाई धन्यवाद दिएका थिए ।
अस्पतालका डा.किरण पाण्डेले इन्द्रेणी सामाजिक बिकास मञ्चबाट पृथ्वी चन्द्र अस्पताललाई विशेष सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुले जिल्लाभित्रका हात्तीपाईले तथा कुष्ठरोग प्रभावितहरुको तथ्यांक उक्त एमएमडिपी एकाईमा राख्नुपर्ने, जिल्लाका सात पालिकामा उक्त सेवा रहेको कुरा ब्यापक रुपमा प्रचारप्रसार गर्नुपर्ने, विभिन्न स्थानमा होर्डिङ बोर्ड राखेर सुचना जनसमुदायसम्म फैलाउनुपर्ने लगायतका सुझावहरु दिएका थिए ।
पृथ्वी चन्द्र अस्पतालमा रहेको एमएमडिपी एकाईको गत जेष्ठ ३१ गते कुष्ठरोग नियन्त्रण तथा अपांगता कार्यक्रममा उक्त एकाई प्रति थप जिम्मेवार रहन पृथ्वी चन्द्र अस्पताल सन्चालन तथा ब्यवस्थापन समितिका अध्यक्ष महेन्द्र प्रसाद गुप्ताले स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो । व्यवस्थापन शाखाबाट अनुगमन समेत भएको र उक्त एकाईमा हुनु पर्ने सबै मापदण्ड पुरा रहेको शाखाले जनाएको परियोजनाका सामाजिक परिचालक बसन्त सापकोटाले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस