२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई मानसिक स्वास्थ्य तथा स्व–हेरचाह तालिम

२०८१ बैशाख २६, बुधबार प्रकाशित ( महिना अघि) १८३ पाठक संख्या

परासी, २६ वैशाख । रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरीले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई सीप मार्फत आयआर्जनमा जोड्नुपर्ने बताउनुभएको छ । परासीमा आयोजित यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई मानसिक स्वास्थ्य तथा स्व हेरचाह सम्बन्धी तालिमलाई सम्बोधन गर्दै उपमेयर चौधरीले स्वरोजगार बन्न जोड दिनुभएको हो ।
यौनिक तथा अल्पसंख्यक समुदाय अर्थात तेस्रो लिंगी समुदायको विशेषगरी नाच्ने पेशा भनी चिनिएपनि अब सीप सिकेर आयआर्जन र स्वोराजगारतर्फ केन्द्रीत हुनुपर्ने उहााले बताउनुभयो । उपमेयर चौधरीले सीप सिकेर व्यवसाय सञ्चालन गरि आत्मनिर्भर बन्न चाहनेलाई नगरपालिकाको तर्फबाट आवश्यक सहयोग तथा सहजीकरण पनि प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आफ्नो फरक पहिचान बनाउन उक्त समुदायलाई आग्रह पनि गर्नुभयो ।
सशक्तिकरण नेपालकी अध्यक्ष अस्मिता रानाले यौनिक अल्पसंख्यक समुदायलाई राज्य र आम समाजले हेर्ने दृष्टिकोण सकारात्मक नहुँदा यस समुदायका व्यक्तिहरु मानसिक रुपमा कमजोर हुने गरेको बताउनुभयो । एलजिविटिआई समुदाय शिक्षा, रोजगार, स्वास्थ्य सेवा लगायत हरेक क्षेत्रबाट वञ्चित र अपमानित हुनुपरेकोले समाजले यो समुदायलाई पनि सहज रुपमा ग्रहण गर्नुपर्ने बताउँदै यस समुदायका व्यक्तिहरुलाई मानसिक रुपमा स्वस्थ बनाउन तालिम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
रामग्राम नगरपालिकाको सहयोग तथा सशक्तीकरण नेपाल नवलपरासीको आयोजनामा भएको उक्त कार्यक्रममा रामग्राम नगरपालिकाकी मनोपरामर्शदाता सुमित्रा चौधरी, सशक्तीकरण नेपालकी कार्यक्रम संयोजक पुष्पा लामा र रेशम न्यौपानेले सहजीकरण गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस