२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

२०८४ को चुनावमा गठबन्धन गर्नै नपर्ने गरि एमालेलाई निर्णायक शक्ति बनाउँछौँ : ओली

२०८१ बैशाख २१, शुक्रबार प्रकाशित ( महिना अघि) २९८ पाठक संख्या

मोहन पौडेल
परासी,२१ वैशाख । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गर्न मिसन ८४ अभियान चलाईएको बताउनुभएको छ । एमाले राष्ट्रिय शक्ति भएपनि निर्णायक शक्ति नभएकोले नेपालमा देशीविदेशी शक्तिको हस्तक्षेप बढेको उहाँले बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी(एमाले) पश्चिम नवलपरासीको नवौँ जिल्ला अधिवेशनलाई शुक्रबार सुनवलमा उद्घाटन गर्दै अध्यक्ष ओलीले पार्टीलाई बलियो बनाउन एकताबद्ध भएर लाग्न पनि निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “देशमा निर्णय नेपालीका निर्णय नेपालीले गर्नुपर्छ, नेपालको विकास दृढतापूर्वक नेपालीले गर्नुपर्यो, अरुको सहायता लिने हो निर्भर पर्ने होईन्, देशलाई हस्तक्षेपबाट मुक्त, स्वतन्त्र देशको हैसियतमा यथार्थमा विकास गर्नुपर्छ, त्यसका लागि एमाले निर्णायक तहमा विकास हुनुपर्छ ।”
एमाले अध्यक्ष ओलीले वर्तमान सत्तागठबन्धन भत्काउन देशीविदेशी शक्तिहरु लागिरहेको बताउँदै उहाँले समिकरण भने नटुट्ने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “हामी प्रधानमन्त्री फेर्न, भागबण्डा गर्न समिकरण फेरेको होईन्, विगतको गठबन्धन जे गरेर भएपनि भत्काउनुपर्थ्यो, आफै भत्कियो,अहिलेको समिकरण हामी टिकाउने कोशिस गर्छाैँ,टिकेन भनेपनि ८४ को चुनावबाट स्थापित हुन्छौँ,फेरिदेखि गठबन्धन गर्नै नपर्ने गरि परिवर्तन ल्याउँछौँ”
नेकपा एसका अध्यक्ष माधव नेपालको अभिव्यक्तिप्रति लक्षित गर्दै एमाले अध्यक्ष ओलीले माधव नेपाल अहिले प्रधानमन्त्री बन्न नसक्ने भएकोले नहुने कुरामा एमालेले विश्वास नगर्ने र नपोल्ने टिप्पणी गर्नुभयो । नयाँ पार्टीहरुप्रति लक्षित गर्दै अध्यक्ष ओलीले एमालेमा जति युवाहरु अरु कुनै पार्टीमा नभएको ठोकुवा गर्नुभयो । ईलाम र बझाङको उपनिर्वाचनको नतिजाले पनि एमालेप्रति छरिएको भ्रमलाई चिरेको उहाँले स्पष्ट पार्नुभयो । एमालेको जिल्ला अधिवेशन भोलीसम्म चल्ने छ। ऋधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव सहित १०५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्ने अध्यक्ष दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो । अधिवेशनमा जिल्लाभरिबाट ४२७ जना प्रतिनिधि सहभागि रहेको उपसचिव राजन कुमार आचार्यले जानकारी दिनुभयो ।
यसैबीच एमाले अध्यक्ष एवं पूवप्रधानमन्त्री ओलीले आजै भगवान् गौतम बुद्धको अस्थिधातु रहेको स्थल रामग्राम स्तूप, गजेन्द्रमोक्ष धाम त्रिवेणी र नेपाली भूमि सुस्ता जोड्न नारायणी नदीमा बन्दै गरेको नेपालकै सबैभन्दा लामो झोलुङ्ले पुलको पनि स्थलगत अवलोकन भ्रमण गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस