२०८२ बैशाख ९, मंगलबार
24 खबर अपडेट

पाल्हीनन्दनले माग्यो प्रदेश सरकारका मन्त्री बस्नेतसँग विकास योजनाका लागि बजेट

२०८१ बैशाख ९, आईतबार प्रकाशित ( साल अघि) ३३५ पाठक संख्या

मोहन पौडेल
परासी, ९ वैशाख । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले लुम्बिनी प्रदेश सरकारसँग पालिकाको विकास निर्माण सम्बन्धी योजनाहरु सम्पन्न गर्न बजेट माग गरेको छ । आगामी आर्थिक वर्ष २०८१।८२ को नीति, कार्यक्रम तथा बजेट छनौटको क्रममा गाउँपालिकाको विकाससँग सम्बन्धित योजनालाई प्राथमिकतामा राख्न आग्रह गर्दै योजनाको माग पत्र पेश गरिएको हो ।
गाउँपालिकाले आज आयोजना गरेको कार्यक्रममा पुग्नुभएका लुम्बिनी प्रदेशका मन्त्री खड्ग बस्नेतलाई गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले उक्त माग पत्र बुझाउनुभएको हो । माग गरिएका योजनाहरु विशेषगरी सडक पूर्वाधारसँग सम्बन्धित रहेको प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार जोकवारदेखि विष्णुपुरासम्मको सडक विस्तार, कुश्मादेखि मुडेरा कालोपत्रे,प्ररशिया चोकदेखि गाउँ जोड्ने सडक विस्तार,परशिया चोकदेखि गण्डक नहर सडक कालोपत्रे र नाली निर्माण,बेलाशपुरदेखि पडरीसम्मको गण्डक नहरको बाटो, जमुनियादेखि रगरगञ्जसम्मको बाटो निर्माणको लागि बजेट विनियोजन गर्न प्रदेश सरकारसँग माग गरिएको छ ।
यस्तै उजैनीदेखि भारतीय सीमा क्षेत्र चिमनटोलसम्मको सडक विस्तारमा विशेष प्राथमिकता दिन गाउँपालिकाले मन्त्री वस्नेतको ध्यानाकर्षण गराएको छ । उक्त सडकको लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले बजेट विनियोजन गरेपनि निर्माणको काम शुरु नगरेको भन्दै गाउँपालिका अध्यक्ष गुप्ताले उक्त सडक निकै जीर्ण अवस्थामा रहेकोले प्रदेश सरकारले विशेष प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । बेलाशपुरदेखि पडरीसम्मको बाटो पनि प्राथमिकता दिएर निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो ।
गाउँपालिकाले पर्यटन पूर्वाधारतर्फ वडा नं. ४ मा रहेको लोहरौली शिव मन्दिरलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न पर्यटकीय पूर्वाधार निर्माण र पाल्ही पोखरीमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न बजेट माग गरेको अध्यक्ष गुप्ताले बताउनुभयो । गाउँपालिकाको नियमित बजेटले मात्र समग्र पालिकाको विकास निर्माण गर्न सम्भव नभएकोले एक करोड भन्दा माथिको लागत लाग्ने योजनाहरुमा बजेट विनियोजन गरिदिन प्रदेश सरकार समक्ष माग गरेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो ।
योजनाको माग पत्र बुझ्दै प्रदेश सरकारका मन्त्री बस्नेतले गाउँपालिकाले माग गरेको योजनाहरु प्राथमिकताका साथ सम्बोधन गर्ने बताउनुभयो । आफूले पाउने मन्त्रालय बाहेक अन्य मन्त्रालय अन्तरगत पर्ने योजनाहरुलाई प्राथमिकता दिएर पहल गर्ने बताउँदै मन्त्री बस्नेतले पाल्हीनन्दनको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उक्त अवसरमा मन्त्री बस्नेतलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै गाउँपालिका अध्यक्ष गुप्ता, उपाध्यक्ष फातिमा खातुन अन्सारी, प्रमुख प्रशासकीय अधिकृत पौडेल, वडा अध्यक्षहरु, कर्मचारी लगायतले बधाई तथा शुभकामना व्यक्त गर्र्र्र्दै सम्मान गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस