२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

रामग्राम–१५ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा

२०८० चैत्र १८, आईतबार प्रकाशित ( महिना अघि) २४० पाठक संख्या

परासी, १८ चैत । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं.१५ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको छ । पूर्ण संस्थागत सुत्केरी वडा घोषणा हुने उक्त वडा रामग्राम नगरपालिकाको दोस्रो वडा हो ।
यसअघि रामग्रामको वडा नं. ७ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको थियो । नेपाल सरकरले तोकेको विभिन्न सूचक पूरा गरेपछि वडा नं.१५ मा आज आयोजित एक समारोह आयोजना गरि वडा अध्यक्ष धनपत यादवले पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्नुभएको हो ।
अव यस वडामा कुनै पनि गर्भवती घरमा सुत्केरी नहुने वडा अध्यक्ष यादवले बताउनुभयो । यस वडाका सबै सुत्केरी हुने महिलालाई स्वास्थ्य संस्थामा प्रसुति गराउनुपर्ने लक्ष्य अनुसार १५ नम्बर वडामा पूर्ण कार्यान्वयन भएपछि पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको वडा अध्यक्ष यादवले जानकारी दिनुभयो ।
यो अभियानले घरमै सुत्केरी हुने परम्परा हटाउने गरि स्वास्थ्य संस्थामा प्रसुति सेवा आकर्षित हुँदा मातृशिशुले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता हट्ने शुक्रौली स्वास्थ्य चौकीका ईन्चार्ज बलराम सापकोटाले बताउनुभयो । यस वडामा अब घरमा सुत्केरी हुने संख्या शून्य रहेको उहाँले बताउनुभयो ।
वडा अध्यक्ष धनपत यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा फेयर मेड र ईन्द्रेणी सामाजिक विकास मञ्चद्धारा सञ्चालित समुदायमा आधारित स्वास्थ्य परियोजनाका जिल्ला कार्यक्रम संयोजक पुष्पराज आचार्य, समाजसेवी देवनारायण पाण्डे,महिला स्वास्थ्य स्वयमसेविका पार्वती शर्मा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस