२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

राजासहितको प्रजातन्त्र र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका लागि आन्दोलन : कमल थापा

२०८० चैत्र १८, आईतबार प्रकाशित ( महिना अघि) १८८ पाठक संख्या

परासी, १८ चैत ।राप्रपा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले राजासहितको प्रजातन्त्र र जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको विकल्प नभएको बताउनुभएको छ ।
राप्रपा नेपाल पश्चिम नवलपरासीले आज परासीमा गरेको जिल्ला स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले संघीय व्यवस्था असफल भईसकेको जिकिर गर्नुभयो ।
संघीयता,गणतन्त्र,धर्म निरपेक्ष व्यवस्था असफल भएकोले राजा सहितको प्रजातन्त्र र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री शासन प्रणालीको लागि आन्दोलनको विकल्प नभएको बताउनुभयो ।
सत्ता सञ्चालक प्रमुख दलहरू भ्रष्टाचारमा लिप्त रहेकोले राज्यबाट जनताको भराेसा टुटेकाे राप्रपा नेपालका अध्यक्ष थापाले दाबी गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस