२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

अबैध नदिजन्य पदार्थ निकासी गर्ने पाँच ट्याक्टर सुनवलबाट प्रहरीको नियन्त्रणमा

२०८० चैत्र १८, आईतबार प्रकाशित ( महिना अघि) २०७ पाठक संख्या

परासी,१८ चैत । अबैध रुपमा नदिजन्य पदार्थ निकासी गरेको भन्दै प्रहरीले पश्चिम नवलपरासीको सुनवलबाट ५ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
सुनवल नगरपालिका -४ स्थित तुरिया खोला र सुनवल-११ स्थित धुर्कोट खोलाबाट नदिजन्य पदार्थ ल्याउँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले ५ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार लु ३ त ६७०३,लु ३ त ४९०१,लु ४ त २७६८,लु ३ त २१२४ र  लु ३ त ६४५३ नम्बरका ट्रयाक्टरलाई अबैध रुपमा नदिजन्य पदार्थ (ढुंगा) लोड गरी ल्याउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीलाई देख्नासाथ ट्याक्टर चालक फरार भएकाले उक्त सवारी साधनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि सुनवल नगरपालिकामा पठाएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस