२०८१ मंसिर ८, शनिबार
24 खबर अपडेट

रामग्राम जेसीजद्धारा युवाहरुलाई उद्घोषण तालिम प्रदान

२०८० चैत्र १८, आईतबार प्रकाशित ( महिना अघि) २३३ पाठक संख्या

परासी, १८ चैत । पश्चिम नवलपरासीको परासीमा रामग्राम जेसीजको आयोजनामा उद्घोषण तालिम सम्पन्न भएको छ । जेसीजमा आवद्ध युवाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उक्त तालिम आयोजना गरिएको थियो ।
शनिबार सम्पन्न भएको उक्त तालिममा नेपाल जेसीजकी पूर्व राष्ट्रिय उपाध्यक्ष एवं रामग्राम जेसीजकी पूर्व अध्यक्ष यमकुमारी सुवेदीले प्रशिक्षण दिनुभएको थियो ।
तालिमको उद्घाटन गर्दै रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले तालिमको माध्यमबाट युवाहरुको नेतृत्व क्षमता र बोल्ने शैलीको विकास हुने बताउनुभयो । कुनै पनि कार्यक्रमलाई सफल बनाउन उद्घोषकको महत्वपूर्ण भूमिका हुने भएकोले तालिमबाट सिकेका कुरालाई अभ्यास गर्दै सफल उद्घोषकको रुपमा स्थापित हुन समेत उहाँले आग्रह गर्नुभयो । रामग्राम जेसीजका पूर्व अध्यक्ष समेत रहनुभएका मेयर यादवले आफू जेसीजकै कारण अघि बढ्न सफल भएको बताउनुभएको थियो ।
युवाहरुको नेतृत्व र व्यक्तित्व विकास एवं सफल उद्घोषक बनाउने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको रामग्राम जेसीज वर्ष २०२४ का अध्यक्ष मोहन पौडेलले जानकारी दिनुभयो । तालिममा उद्घोषकमा हुनुपर्ने गुण, उद्घोषकले ध्यान दिनुपर्ने कुरा, कार्यक्रम तालिका निर्माण लगायतका विषयमा युवाहरुलाई प्रशिक्षण प्रदान गरिएको अध्यक्ष पौडेलले बताउनुभयो ।
रामग्राम जेसीजका अध्यक्ष मोहन पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा रामग्राम जेसीजका पूर्व अध्यक्ष सुमन गोपाल आचार्य, प्रशिक्षक एवं पूर्व अध्यक्ष यमकुमारी सुवेदी, ज्योति विकास बैंक परासी शाखाका प्रबन्धक दीप्क अधिकारी, पत्रकार गौरीशंकर जयसवाल, प्रशिक्षार्थीहरु डा.किरण गुुप्ता, हिमाल चन्द्र अर्याल, दुर्गावती केवट, बृजनन्दन कुर्मी लगायतले तालिमको महत्वको विषयमा प्रकाश पार्नुभएको थियो।
रामग्राम जेसीजका महासचिव मुकेश नारायण लोनियाको सञ्चालन, कार्यक्रम संयोजक एवं रामग्राम जेसीजका उपाध्यक्ष उमेश कोहारको स्वागत, जनसम्पर्क अधिकारी रामप्रसाद पौडेलको आस्था पाठ र सहकोषाध्यक्ष हिमाल चन्द्र अर्यालको मिसन भिजन वाचनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस