२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

नवलपरासीको सुनवलमा चैत १९ देखि अन्तर प्रदेश राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता हुँदै

२०८० चैत्र १६, शुक्रबार प्रकाशित ( महिना अघि) २५३ पाठक संख्या

मोहन पौडेल
परासी, १६ चैत । पश्चिम नवलपरासीको सुनवलमा मुख्यमन्त्री अन्तर प्रदेश राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता हुने भएको छ । यही चैत १९ देखि २१ गतेसम्म हुने उक्त प्रतियोगिता सुनवल १ स्थित लुम्बिनी चिनी मिलको सी गेट मैदानमा हुनेछ ।
जिल्ला खेलकुद विकास समिति नवलपरासीको आयोजना, जिल्ला कबड्डी संघको सहआयोजना, लुम्बिनी प्रदेश खेलकुद परिषदको प्रवद्र्धन र लुम्बिनी प्रदेश कबड्डी संघको समन्वयमा राष्ट्रिय प्रतियोगिता आयोजना हुन लागेको हो ।
प्रतियोगितामा सात वटै प्रदेशको टीमले सहभागिता जनाउने छन् भने विजेता टीमले नगद रु एक लाख पचास हजार, मेडल र प्रमाणपत्र, उपविजेता टीमले नगद रु एक लाख, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रितमान कामू मगरले जानकारी दिनुभयो । उहाँका अनुसार सेमिफाईनलमा पुग्ने समूहलाई पनि नगद रु पचास÷पचास हजार प्रदान गरिनेछ । प्रत्येक प्रदेशबाट १२ खेलाडिसहित १४ जनाको टीमले सहभागिता जनाउनेछन् ।
कबड्डी खेलका लागि उर्वर मानिने नवलपरासीलाई राष्ट्रिय स्तरमा चिनाउन यो प्रतियोगिताले ठूलो योगदान गर्ने अध्यक्ष मगरको भनाई छ । प्रतियोगिताका लागि आवश्यक तयारी तीव्र रुपमा भईरहेको जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष रमेश कर्माचार्यले जानकारी दिनुभयो ।
यस प्रतियोगितामा उत्कृष्ट हुने खेलाडिले बंगलादेशमा हुने बंगबन्धु अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागि हुने उहाँले जानकारी दिनुभयो । यसैबीच सुनवलमा हुने राष्ट्रिय कबड्डी प्रतियोगितामा लुम्बिनी प्रदेशको तर्फबाट खेल्ने खेलाडिहरु छनौट गरिएको छ । चैत १३ देखि सुनवलमै छनौट प्रतियोगिता सञ्चालन गरि खेलाडि छनौट गरिएको आयोजकले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस