२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

रामग्राम स्तूप क्षेत्रको सुरक्षामा गम्भीर हुन नागरिक समाजको ध्यानाकर्षण

२०८० चैत्र १३, मंगलबार प्रकाशित ( महिना अघि) २९५ पाठक संख्या

परासी, १३ चैत । महामानव गौतम बुद्धको पवित्र अस्थिधातु रहेको प्राचीन रामग्राम स्तुप क्षेत्रको सुरक्षामा गम्भीर हुन नागरिक समाज नवलपरासीले माग गरेको छ । भगवान् बुद्धको अस्थिधातु राखि बनाईएका स्तूपहरु मध्ये उत्खनन् नभएको संसारकै एकमात्र मौलिक स्तूप रामग्राम क्षेत्रमा सुरक्षा चुनौती रहेको नागरिक समाजको ठहर छ ।
नागरिक समाजका अध्यक्ष राधेश्याम सिंह सैथवारको नेतृत्वमा रहेको एक टोलीले आज जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर कुँवरलाई ज्ञापनपत्र बुझाउँदै रामग्राम स्तूप क्षेत्रको सुरक्षामा गम्भीर हुन र यथाशक्य प्रहरी यूनिट स्थापना गर्न ध्यानाकर्षण गराएको हो ।
रामग्राम स्तुप क्षेत्रमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढिरहेको छ । रामग्राम ७ मा अवस्थित उक्त स्थानमा पर्यटकलाई दुःख दिने, स्तूप क्षेत्रमा रहेका वस्तुहरुको तोडफोड गर्ने,लागू पदार्थ दुव्र्यसनीको अड्डा बनाउने जस्ता क्रियाकलाप बढिरहेकोले स्तूप क्षेत्रमा तत्काल प्रहरीको यूनिट आवश्यक रहेको समाजका अध्यक्ष सैथवारले बताउनुभयो । सुरक्षाकै अभावका कारण दुई दिन अघि स्तुप क्षेत्रमा पर्यटकका लागि राखिएको कंक्रिटको बेन्च उच्छृंखल तत्वहरुले तोडफोड गरेको उहाँले बताउनुभयो ।
स्तुप क्षेत्रको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नागरिक समाजले यसअघि गत साउनमै  प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र मार्फत प्रहरी यूनिट स्थापना गर्न माग गरेको नागरिक समाजका सस्थापक अध्यक्ष रामजी ज्ञवालीले बताउनुभयो । त्यस विषयमा तत्कालिन सुरक्षा समितिले निर्णय गरेपनि कार्यान्वयनमा नआएकोले यस विषयमा पुनःध्यानाकर्षण गराईएको उहाँले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस