२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

असिना पानीबाट पीडित कृषकलाई तत्काल राहत उपलब्ध गराउन सांसद प्रधानको माग

२०८० चैत्र १३, मंगलबार प्रकाशित ( महिना अघि) २६३ पाठक संख्या

परासी, १३ चैत । पश्चिम नवलपरासी क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री ध्रुबबहादुर प्रधानले असिना पानीबाट पीडित कृषकलाई राहत उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ । गएराति परेको हावाहुरीसहितको असिना पानीले नवलपरासी जिल्लाका अधिकांश कृषकले लगाएको गहुँ तथा तरकारीबालीमा ठूलो क्षति पुगेको भन्दै सासद प्रधानले पीडित कृषकलाई तत्काल राहत उपलब्ध गराउन ध्यानाकर्षण गराउनुभएको हो ।
लगाएको बाली भित्राउने तयारीमा रहेका बेला हावाहुरी र असिना पानीका कारण यस क्षेत्रका सयौँ कृषकले लगाएको लाखौँ मूल्यको गहुँ नोक्सान हुँदा कृषक मारमा परेको उहाँले बताउनुभयो । गहुँ तथा तरकारीबालीमा भएको क्षतिको एकिन विवरण संकलन गरि सरकारले तत्काल राहत उपलब्ध गराउनुपर्ने सासद प्रधानको माग छ ।
कृषकले दुःख गरि लगाएको बाली नष्ट हुँदा सरकार मुकदर्शक बनेर बस्न नमिल्ने बताउँदै राप्रपा उपाध्यक्ष समेत रहनुभएका प्रधानले कृषकले व्यहोर्नुपरेको क्षतिप्रति आफू पनि दुःखी रहेको उल्लेख गर्नुभयो । कृषकलाई हतोत्साहित हुन नदिन सरकारले यथोचित राहत उपलब्ध गराउनुपर्ने उहाँले जोड दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस