२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

नवलपरासीका उद्यमी व्यवसायीलाई वस्तुको गुणस्तर र लेबलिङ सम्बन्धि प्रशिक्षण

२०८० चैत्र ९, शुक्रबार प्रकाशित ( महिना अघि) २६४ पाठक संख्या

परासी,९ चैत । लघु घरेलु तथा साना उद्यमी व्यवसायीलाई लक्षित गरी पश्चिम नवलपरासीमा उत्पादित वस्तुको गुणस्तर तथा लेबलिङ सम्बन्धि प्रशिक्षण प्रदान गरिएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीले जिल्लाका उद्यमीहरूलाई आज परासीमा उक्त प्रशिक्षण दिएको हो ।
कार्यक्रममा जिल्लाका विभिन्न स्थानमा लघु तथा घरेलु उद्यम व्यवसाय गर्दै आएका उद्यमीहरूको सहभागिता थियो । उद्योगमा उत्पादन गरिने सामग्रीको गुणस्तर वृद्धि र लेबलिङ गर्ने तरिका सिकाइएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो। उद्योगबाट उत्पादित बस्तुमा उत्पादन मिति, त्यसमा मिसाइएका पदार्थहरु, कम्पनीको नाम, लेबलिङ सम्बन्धी कानूनी व्यवस्था, सरकारले निर्दिष्ट गरेको नियमहरुका बारेमा पनि प्रशिक्षण दिइएको पौडेलले बताउनुभयो ।
उद्योगमा उत्पादन गरिएका सामग्रीलाई गुणस्तर बनाउन विशेष ध्यान दिन आग्रह गरिएको थियोे ।
यस प्रकारका कार्यक्रमबाट स्थानीय स्तरमा उत्पादन भएका बस्तुहरुको बजारीकरण गर्न सहज हुने, स्थानीय उत्पादनको प्रवद्र्धन हुने र बजारमा देखिएका बेतिथिहरुको पनि अन्त्य हुने कार्यालय प्रमुख पौडेलले उल्लेख गर्नुभयो । उपभोक्ताको स्वास्थ्यप्रति उद्योगी व्यवसायी जिम्मेवार बन्नका लागि पनि यो कार्यक्रमले धेरै महत्त्वपूर्ण रहेको कार्यालयका सूचना अधिकारी कृष्ण काफ्लेले बताउनुभयो ।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा रुपन्देहीका खाद्य अधिकृत दीपक कुमार यादवले प्रशिक्षण दिनु भएको घरेलु तथा साना उद्योग कार्यालयका उद्यम विकास सहजकर्ता मनोज चौधरीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस