२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

भूमहीमा सचेतनामूलक बजार अनुगमन,प्रभावकारी अनुगमन कहिले ?

२०८० चैत्र ७, बुधबार प्रकाशित ( महिना अघि) १७२ पाठक संख्या

गौरीशंकर जयसवाल
परासी,७ चैत । पश्चिम नवलपरासीमा बजार अनुगमन शुरु भएको छ । कालो बजारी र उपभोक्ता ठगी भईरहेको जनगुनासोपछि संयुक्त जिल्ला बजार अनुगमन समितिले लामो समयपछि बजार अनुगमन शुरु गरेको हो । मंगलबार सुनवल नगरपालिका – १२ स्थित भुमही बजार अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका सूचना अधिकारी कृष्ण काफ्लेले जानकारी दिनुभयो । अनुगमनको क्रममा उपभोक्ता ठगी गरेको वा मापदण्ड विपरित गरेको पाईएमा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीलाई तत्काल जरिवाना वा कारवाही गर्ने अधिकार भएपनि अधिकार प्राप्त व्यक्ति अनुगमनमा नजाँदा जिल्लामा नाम मात्रको अनुगमन हुँदै आएको छ ।
मंगलबारको अनुगमनमा पनि जिल्ला प्रशासन कार्यालयले उपसचिव वा अधिकृतलाई नपठाई नायब सुब्बालाई पठाएको थियो । कारवाही गर्ने अधिकार प्राप्त प्रतिनिधि नभएपछि उक्त अनुगमन समितिले भुमहीका अधिकांश पसल र मिष्ठान भण्डारमा अनुगमन गर्दा मुल्यसुची नराखेको भेटेको थियो । समितिले सचेत मात्र गराएको छ ।
पछिल्लो समय आर्थिक मन्दीका कारण व्यवसायीहरु निराशाजनक स्थितिमा देखिएको काफ्लेले जानकारी दिनुभयो । म्याद गुज्रिएको खाद्य पदार्थ,पेय पदार्थ जफत गरि नष्ट गरिएको अनुगमन समितिले जनाएको छ ।
विभिन्न पसलबाट म्याद नागेका ४० लिटर पेय पदार्थ एवं अन्य प्याकेजिड्ग खाद्य पदार्थ जफत गरि नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा राजकुमार यादवले जानकारी दिनुभयो ।किराना पसल, बेकरी,होटल मिष्ठान भण्डार लगायत गरि त्यस क्षेत्रका १२ वटा पसल अनुगमन गरिएको संयुक्त जिल्ला बजार अनुगमन समितिले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस