२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

प्रहरीले सार्वजनिक गर्यो सुस्ताको मर्चहवाका हजुरबुबा र नातिको हत्यामा संलग्न अभियुक्त

२०८० चैत्र ४, आईतबार प्रकाशित ( महिना अघि) ३६९ पाठक संख्या

मोहन पौडेल
परासी, ४ चैत । हत्याको अभियोगमा पश्चिम नवलपरासीमा दुई जना युवा पक्राउ परेका छन् । जिल्लाको सुस्ता गाउँपालिका ३ मर्चहवामा एक महिना अघि भएको हत्या काण्डमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई युवालाई पक्राउ गरि आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा सुस्ता ३ मर्चहवा बस्ने २९ वर्षीय अजय धरिकार र २० वर्षीय चन्दन हरिजन रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो । उनीहरुले गत माघ एक गते मर्चहवा बस्ने अक्षयलाल चमार र उनका नाति गौचरण चमारको धारिलो हतियार प्रयोग गरि हत्या गरेको प्रहरीले जनाएको छ ।
मृत्तक दुवैको शव घर अगाडि फेला परेपछि प्रहरीले सुक्ष्म अनुसन्धान शुरु गरेको थियो । तालिम प्राप्त कुकुर र केन्द्रीय अनुसन्धान व्युरो सिआईबीको समेत सहयोगमा गरिएको अनुसन्धान र घटनास्थलमा रहेको पञ्जाको सहायताले घटनामा संलग्न अभियुक्तसम्म प्रहरी पुग्न सफल भएको डिएसपी बोहरोले जानकारी दिनुभयो ।
प्रहरीले अभियुक्तसहित घटनामा प्रयोग भएका चक्कु,घटनास्थलमा फेला परेको पञ्जाको अर्काे जोडि पञ्जा,अजय धरिकारले घटनाको समयमा लगाएको हुडी र दायाँ हातको चोरी औँलाको दुई भागमा काटिएको पञ्जा बरामद गरेको छ । गत माघ २६ गते पक्राउ परेका मध्ये चन्दन हरिजनले मापसे गरि सोही ठाउँका छिमेकी गाउँलेको मोटरसाईकलमा हानेपछि झगडा भएको र ईलाका प्रहरी कार्यालय बेलाटारीमा उजुरी परि २८ गते मिलापत्र गराईएको थियो । सोही विषयमा रिसीबी राखी चन्दनले आफ्नो नजिकको साथी अजय धरिकारसँग मिली छिमेकीसँग बदला लिने योजना बनाएको खुलेको छ।
अजयले त्रिवेणी मेलाको अवसर पारी भारतबाट चक्कु खरिद गरि ल्याएका थिए । भोलीपल्ट माघ २९ गते अक्षयलाल चमारको घरनजिक गई झगडा परेका छिमेकीलाई कुरेर बसेको र ती व्यक्ति नआएपछि उनीहरुले योजना परिवर्तन गरि ७० वर्षीय अक्षयलाल चमार र उनका नाति गौचरणको हत्या गरेको प्रहरीले जनाएको छ । अक्षयलाल चमारलाई मारेमा त्यसको आरोप झगडा परेका छिमेकीलाई लाग्ने र आफूहरुले बदला लिने योजना पनि पूरा हुने ठानी उक्त अक्षयलालको हत्या गरेको र हजुरबुबालाई हत्या गरेको सुतिरहेका नाति गौचरणले देखेपछि उनले चिन्ने डरले नातिलाई पनि मारेको अभियुक्तहरुले बयानमा उल्लेख गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस