२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

सुनवल जेसीजद्धारा प्रभावकारी भाषणकला तालिम सञ्चालन

२०८० चैत्र ४, आईतबार प्रकाशित ( महिना अघि) २६७ पाठक संख्या

परासी, ४ चैत । पश्चिम नवलपरासीको सुनवलमा प्रभावकारी भाषण कला तालिम सम्पन्न भएको छ । सुनवल जेसीजले आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उक्त तालिम सम्पन्न गरेको हो ।
सुनवल जेसीजका सदस्य एवं विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त तालिममा नेपाल जेसीजका प्रशिक्षक मुक्तिनाथ गैरेले प्रशिक्षण दिनुभएको सुनवल जेसीज वर्ष २०२४ की अध्यक्ष सपना शर्माले जानकारी दिनुभयो । विभिन्न सार्वजनिक सभा समारोहमा बोल्ने कलाको शैलीबारे सीप प्रदान गर्नm यो तालिम सञ्चालन गरिएको अध्यक्ष शर्माले बताउनुभयो ।
सुनवल जेसीजकी अध्यक्ष शर्माको अध्यक्षता एवं सुनवल उद्योग वाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्यको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा सुनवल जेसीजका पूर्व अध्यक्ष समेत रहनुभएका कर्माचार्यले युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा सक्रिय संस्था सुनवल जेसीजले युवाहरुको क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएको बताउनुभयो । उहाँले जेसीजबाट उत्पादन भएका युवाहरुले समाजका विभिन्न क्षेत्रमा कुशल नेतृत्व गर्न सक्षम रहेको बताउनुभयो ।
कार्यक्रममा सुनवल जेसीजका पूर्व अध्यक्ष जीवन पौडेल,उत्सव पौडेल लगायतले पनि शुभकामना व्यक्त गर्नुभ्एको महासचिव सुवर्णराज उपाध्यायले जानकारी दिनुभयो ।

Su2

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस