२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

जेसीआई रामनगरद्धारा दशौँ वार्षिकोत्सवको अवसरमा म्यानर्स एण्ड एटिकेट तालिम सम्पन्न

२०८० चैत्र १, बिहिबार प्रकाशित ( महिना अघि) ५७२ पाठक संख्या

परासी, १ चैत । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ भूमहीस्थित जेसीआई रामनगरले दशौँ वार्षिकोत्सव मनाएको छ । सन् २०१४ मा रामग्राम जेसीजको मातृत्वमा स्थापित जेसीआई रामनगरले आज आफ्नो वार्षिकोत्सवको अवसरमा म्यानर्स एण्ड एटिकेट विषयक तालिम सम्पन्न गरेको हो ।
जेसीआई रामनगर वर्ष २०२४ का अध्यक्ष देवु भट्टराईको अध्यक्षता तथा नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रजिअ पन्थीले युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा जेसीजको महत्वपूर्ण भुमिका रहेको चर्चा गर्नुभयो । उहाँले असल बानी, संस्कार र सभ्यता एवं अनुशासित व्यक्ति भएर असल नागरिकको परिचय दिन आग्रह गर्दै जेसीजको माध्यमबाट आफ्नो पहिचानलाई अझ उच्च बनाउन आग्रह गर्नुभयो ।

R22

कार्यक्रममा नेपाल जेसीज क्षेत्र घ का निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सिनेटर सन्दिप अग्रहरी, जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख एसपी काजीकुमार आचार्य, सुनवल वडा नं. ११ का वडा अध्यक्ष कमल च्वाई, रामनगर जेसीजका संस्थापक अध्यक्ष डोलराज भण्डारी, रामग्राम जेसीज वर्ष २०२४ का अध्यक्ष मोहन पौडेल,रामनगर जेसीजका पूर्व अध्यक्ष बलराम चापागाई लगायतले शुभकामना व्यक्त गर्नुभएको रामनगर जेसीजका महासचिव डिल्लीराम सुवेदीले जानकारी दिनुभयो ।
तालिममा नेपाल जेसीजका प्रशिक्षक रमेश अर्यालले प्रशिक्षण दिनुभएको कार्यक्रम संयोजक एवं रामनगर जेसीजका कार्यकारीणी उपाध्यक्ष भरत न्यौपानेले बताउनुभयो । तालिममा रामनगर जेसीजका सदस्य तथा अन्य युवाहरुको पनि सहभागिता रहेको थियो ।

R2

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%१%

प्रतिक्रिया दिनुहोस