२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

 महिला प्रेस क्लबद्वारा प्रतापपुर र सुस्ता गाउँपालिकामा अन्तरक्रिया

२०८० फागुन ३०, बुधबार प्रकाशित ( महिना अघि) १०३ पाठक संख्या

परासी,३० फागुन । नवलपरासी महिला प्रेस क्लबले प्रतापपुर र सुस्ता गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ । संस्थाकी अध्यक्ष कल्पना खरेलकाे अध्यक्षतामा” स्थानीय सरकार सगँ महिला पत्रकारको भूमिका ” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा अध्यक्षकाे अवधारणा पत्र सार्वजनिक गर्दै संस्थाकी अध्यक्ष कल्पना खरेलले नवलपरासी महिला प्रेस क्लब एकमात्र महिला पत्रकार र महिला संचारकर्मिहरूकाे संगठन भएकाे बताउनुभयाे ।
उहाँले जिल्लामा संचार क्षेत्रमा क्रियाशिल महिला पत्रकारहरु माथि समय समयमा आइपर्ने पेशागत समस्याहरुको समाधान गरि पत्रकारहरु बिच सुसम्बन्ध, एकता कायम गर्न एवम् संस्थागत विकास, पेशागत हकहित र व्यवसायिक क्षमता सहित पेशाको सुरक्षा गर्दै “समाजमा व्याप्त भ्रष्टाचार, बेथिति र विसंगतिका विरुद्ध खबरदारी, स्थानीय विकासमा हाम्रो साझेदारी ” भन्ने मान्यता सहित अगाडि बढेकाे बताउनुभयाे ।
जसका लागि सातै पालिकामा जनप्रतिनिधि, राजनैतिक दल, नगर स्तरिय संघ संस्था एवम् सामाजिक अगुवाहरुसंग “स्थानिय सरकार र स्थानीय सराेकारसगँ नवलपरासी महिला प्रेस क्लबको भूमिका” विषय अन्तरक्रिया कार्यक्रम संचालन गरी अभियानकै क्रममा लागेकाे अध्यक्षकाे तर्क त ।
कार्यक्रममा बाेल्दै प्रतापपुर गाउँ पालिकाका अध्यक्ष उमेशचन्द्र यादव र सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले महिला प्रेस क्लबलाई शुभकामना व्यक्त गर्दै स्थानीय सरकार सहकार्य गर्न तयार रहेकाे धारणा राख्नुभयाे ।
त्यसैगरी उपस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले कुनैपनि प्रलोभनमा नपरी जनताका जायज मुद्दामा आवाज उठाउन गर्न सुझाब दिदै महिला प्रेस क्लबलाई आवश्यक सहयाेग गर्न तयार रहेकाे बताएका छन् ।
उता प्रेस क्लबकी सचिव डाेल्मा चाैधरीले अहिलेसम्म सुनवल नगरपालिका , प्रतापुर गाउँपालिका र सुस्ता गाउँपालिकामा अन्तरक्रिया कार्यम गरिसकिएकाे र बाकि चार पालिकामा पनि छिट्टै याे अभियान संचालन हुने जानकारी दिनुभयाे ।
७ जना तदर्थ समिति सहित १५ जना समिति रहेकाे यस नवलपरासी महिला प्रेस क्लब यहीँ माघ २९ गते बैधानिक रूपमा दर्ता भएकाे हाे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस