२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

रामग्राम जेसीज र महिला जेसीजद्धारा विद्यार्थीलाई योग र ध्यान सम्बन्धी प्रशिक्षण

२०८० फागुन २७, आईतबार प्रकाशित ( महिना अघि) १८८ पाठक संख्या

परासी, २७ फागुन । रामग्राम जेसीज र रामग्राम महिला जेसीजको आयोजनामा विद्यार्थीहरुलाई योग तथा ध्यानको विषयमा प्रशिक्षण प्रदान गरिएको छ । रामग्राम १२ शान्तिचौर कशियामा अध्यनरत विद्यार्थीहरुलाई आज योग तथा ध्यानको विषयमा प्रशिक्षण दिईएको हो ।
रामग्राम जेसीजका अध्यक्ष मोहन पौडेलको अध्यक्षता तथा सरस्वती मावि शान्तिचौरका प्रधानाध्यापक दयानन्द चौधरीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा पतञ्जली योग समिति महिला पतञ्जली योग समितिकी अध्यक्ष जीवनकला गौतमले प्रशिक्षण दिनुभएको थियो ।

Y3

स्वस्थ र खुशी जीवनका लागि योग महत्वपूर्ण रहेको र विद्यार्थीलाई अनुशासित तथा स्मरण शक्ति बढाउन पनि टेवा पुग्ने भएकोले विद्यार्थीहरुलाई योग र ध्यानको विषयमा शिक्षा प्रदान गरिएको रामग्राम जेसीजका अध्यक्ष मोहन पौडेलले बताउनुभयो । उहाँले विद्यालयमा नियमित रुपमा योग, ध्यान र प्रणयामको कक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक चौधरीले योग शिक्षाले स्वस्थ शरीर निर्माणदेखि लिएर मानवीय मूल्य मान्यता, संस्कृति, परम्परा र नैतिक पक्षको विकास गराउने बताउनुभयो । स्वस्थ, अनुशासित र खुशी जीवनका लागि योग र ध्यान अत्यन्त महत्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो ।

Y4

कार्यक्रममा नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सिनेटर सन्दिप अग्रहरी, रामग्राम महिला जेसीजकी अध्यक्ष विनिता खड्का, रामग्राम जेसीजका निवर्तमान अध्यक्ष बेनीमाधव बस्याल, विद्यार्थीको तर्फबाट अस्मिता यादव, गौतम शहानी, रामग्राम जेसीजका तालिम निर्देशक पुरुषोत्तम तिवारी लगायतले योग र ध्यानको महत्वको विषयमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा विद्यालयका करिब ३०० विद्यार्थीलाई योग र ध्यानको विषयमा प्रशिक्षित गराईएको थियो ।

Y

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस