२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

परासी मेलामा कुस्ती प्रतियोगिता शुरु, फागुन २३ गते चर्चित गायिका प्रिति आले आउँदै

२०८० फागुन २२, मंगलबार प्रकाशित ( महिना अघि) १४१ पाठक संख्या

परासी, २२ फागुन । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा जारी छैठौँ नवलपरासी औद्योगिक व्यापार मेलामा आजदेखि कुस्ती प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा नेपाल र भारतका प्रसिद्ध कुस्तीवाजहरुले प्रतिस्पर्धा गरेका थिए ।
मेलाको थप आकर्षणको रुपमा आजदेखि कुस्ती प्रतियोगिता शुरु भएपछि मेलामा दर्शकको उपस्थिति बढ्न थालेको मेला आयोजक नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले जानकारी दिनुभयो । भोली दिउँसो १ बजेबाट फेरि कुस्ती प्रतियोगिता हुने उहाँले बताउनुभयो ।
व्यापार मेलाकै अवसरमा आज मेला स्थलमा बृहत रक्तदान कार्यक्रम पनि सम्पन्न भएको छ । नवलपरासी उद्योग वाणिज्य संघको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ६ प्रिन्ट रगत सकलन भएको संघका कार्यकारी सदस्य एवं स्वास्थ्य उपसमिति संयोजक बालकिशुन गुप्ता बानियाले जानकारी दिनुभयो । मेलामा आज चर्चित गायिका तथा मोेडेल अन्जु कुस्मीको विशेष प्रस्तुती रहेको थियो ।
अन्जु कुस्मीका नेपाली तथा भोजपुरी गीतमा दर्शकहरुले हुटिङ र नाचेर साथ दिएका थिए । यसैबीच परासीमा जारी औद्योगिक व्यापार मेलामा भोली फागुन २३ गते चर्चित गायिका प्रिति आले आउने कार्यक्रम रहेको मेलाका सांस्कृतिक संयोजक राजेश गुप्तले जानकारी दिनुभयो । फागुन १६ देखि शुरु भएको व्यापार मेलामा पछिल्लो समय दर्शकहरुको संख्या बढ्दै गएको आयोजकले जनाएको छ । दर्शकको संख्या बढेसँगै मेलामा आर्थिक कारोबार पनि बढेको उद्योग वाणिज्य संघले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस