२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

परासीमा जारी औद्योगिक व्यापार मेलामा फागुन २२ गते विराट कुस्ती प्रतियोगिता हुँदै

२०८० फागुन २१, सोमबार प्रकाशित ( महिना अघि) ९२ पाठक संख्या

परासी, २१ फागुन । नवलपरासीको सदरमुकाम परासीमा जारी नवलपरासी औद्योगिक व्यापार मेलामा भोली फागुन २२ कुस्ती (दंगल) प्रतियोगिता हुने भएको छ । मेलाको आकर्षण बढाउन नेपाल र भारतका प्रसिद्ध पहलमानहरुको सहभागितामा कुस्ती प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
नवलपरासी उद्योग वाणिज्य संघको आयोजनामा जारी छैठौँ नवलपरासी औद्योगिक व्यापार मेलामा तराई मधेसको पहिचान र संस्कृतिसँग जोडिएको कुस्ती खेलप्रति आकर्षण बढाउन र मेलामा आउने दर्शकको उत्साह बढाउन भोलीदेखि कुस्ती प्रतियोगिता गर्न लागिएको संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले जानकारी दिनुभयो । प्रतियोगितामा नेपाल र भारतका चर्चित कुस्तीवाजहरुको सहभागिता रहनेछ । मेलामा भोली देखि नै अर्केष्टा गु्रपको पनि प्रस्तुती रहने आयोजकले जनाएको छ ।
यसैबीच परासीमा जारी औद्योगिक व्यापार मेलामा दर्शकको उपस्थिति बढाउन सबै एक भएर लाग्ने यहाँ क्रियाशील सामाजिक संघ संस्थाहरुले प्रतिबद्धता जनाएका छन् । मेला शुभारम्भसँगै दर्शकको उत्साह जनक सहभागिता नभएपछि उद्योग वाणिज्य संघले आज यस क्षेत्रमा सक्रिय विभिन्न सामाजिक तथा शैक्षिक संस्थाहरुसँग छलफल गरेको थियो ।
छलफलमा सहभागि विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले टिकटदर महंगो भएकोले घटाउन सुझाव दिएका छन् । यस्तै मेलामा ख्याति प्राप्त कलाकार तथा स्थानीय कलाकारलाई विशेष जोड दिन सुझाव दिईएको छ भने स्थानीय सरकार, राजनीतिक दल तथा अन्य निकायसँगको समन्वयलाई थप प्रभावकारी बनाउन पनि सुझाव दिईएको घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष मेघराज गौतमले जानकारी दिनुभयो ।
मेला आयोजक उद्योग वाणिज्य संघका अध्यक्ष अग्रहरीले छलफलबाट आएका सुझावलाई संघको बैठक बसेर आवश्यक निर्णय लिईने जानकारी दिनुभयो ।
उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशव भण्डारी, नवलपरासी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नगेन्द्र अग्रहरी, घरेलु महासंघका अध्यक्ष मेघराज गौतम,नागरिक समाजका अध्यक्ष राधेश्याम सिंह सैथवार, उपभोक्ता हित संरक्षण मञ्घका उपाध्यक्ष भोजराज बराकोटी, रामग्राम जेसीजका अध्यक्ष मोहन पौडेल, रामग्राम महिला जेसीजकी अध्यक्ष विनिता खड्का, रामग्राम स्तुूप संरक्षण संस्थाका अध्यक्ष शम्भु उपाध्याय, प्याब्सनका नगर अध्यक्ष बलिराम यादव, नेपाल शिक्षक संघका नगर अध्यक्ष दयानन्द चौधरी, पवन माविका सहायक प्रधानाध्यापक शालिकराम लामिछाने, नेपाल जेसीजका राष्ट्रि«य कार्यकारीणी उपाध्यक्ष सन्दिप अग्रहरी लगायतले आआफनो धारणा व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस