२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

परासीमा जारी ओैद्योगिक व्यापार मेलामा दर्शकको संख्या बढ्न थाल्यो

२०८० फागुन १९, शनिबार प्रकाशित ( महिना अघि) १६८ पाठक संख्या

परासी, १९ फागुन । नवलपरासीको सदरमुकाम परासीमा जारी नवलपरासी ओैद्योगिक व्यापार मेलामा दर्शकको उपस्थिति बढ्न थालेको छ ।
फागुन १६ देखि शुरु भएको मेलामा आज सबैभन्दा बढी दर्शकले मेला अवलोकन गरेको आयोजकले जनाएको छ ।
नवलपरासी उद्योग वाणिज्य संघको आयोजनामा जारी मेलामा आज शनिबार अन्य दिनको तुलनामा दर्शकको संख्या बढेको संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले जानकारी दिनुभयो ।
दर्शकको संख्या बढेसँगै आर्थिक कारोबार पनि बढेको मेलामा स्टल राखेका व्यवसायीले बताएका छन्।
मेलामा आज चोजपुरि क्षेत्रका चर्चित गायक सुनिल पण्डित,गायिका सहिमा श्रेष्ठ लगायतको प्रस्तुति वर्षाका कारण प्रभावित बनेको थियो । भोलि २० गते उहाँहरुसँगै भोजपुरी गायक अमित पटेल,थारु गायिका अनु चौधरी,वर्षा श्रेष्ठ लगायतको बेजोड प्रस्तुति हुने संघका उपाध्यक्ष एवं सांस्कृतिक संयोजक राजेश गुप्ताले जानकारी दिनुभयो ।
रामग्राम ५ वाईपास रोड नजिकै सञ्चालन भईरहेको मेला फागुन ३० गतेसम्म सञ्चालन हुनेछ । मेलामा स्थानीय उत्पादन,कृषि,लघु उद्यमका उत्पादन सहितका स्टलहरु रहेका छन् । मेलालाई थप आकर्षक बनाउन बाल उद्यानका सामग्री,दैनिक सांस्कृतिक प्रस्तुतिलाई पनि जोड दिईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस