२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा समाजवादी मोर्चा गठन, संयोजकमा अधिकारी

२०८० फागुन १६, बुधबार प्रकाशित ( महिना अघि) १२९ पाठक संख्या

परासी, १६ फागुन । पश्चिम नवलपरासीमा समाजवादी मोर्चाको जिल्ला समिति गठन भएको छ । विभिन्न चार वटा राजनीतिक दलहरुको आवद्धता रहेको मोर्चाका जिल्ला स्तरका नेताहरुको आज सम्पन्न जिल्ला स्तरीय बैठकले नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य एवं मोर्चाका ज्येष्ठ सदस्य बृहस्पति अधिकारीको संयोजकत्वमा मोर्चा गठन गरेको हो ।
शुरुमा नेकपा एसले नेतृत्व गरेपनि त्यसपछि हरेक तीन तीन महिनामा चक्रिय प्रणालीमा दलहरुले मोर्चाको नेतृत्व गर्दै जाने मोर्चामा आवद्ध नेकपा विप्लव समूहका जिल्ला सचिव प्रताप सिले जानकारी दिनुभयो । मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा विप्लव समूहका नेताहरुको प्रतिनिधित्व रहेको छ ।
मोर्चा गठनसँगै आगामी फागुन २७ गते सदरमुकाम परासीमा मोर्चाले चार वटै पार्टीमा आवद्ध नेता कार्यकर्ताको सहभागितामा अन्तरक्रिया तथा प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको छ । र्सविधानको रक्षा र समाजवादको आधार तयार गर्न केन्द्रमा समाजवादी शक्तिबीच सहकार्य, संघर्ष र समन्वयका लागि मोर्चा बनेको र जिल्लामा मोर्चालाई प्रभावकारी बनाउने संयोजक अधिकारीले बताउनुभएको छ । बैठकमा नेकपा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज घनश्याम यादव, जिल्ला अध्यक्ष रामानन्द यादव, जसपाका अध्यक्ष धरेन्द्र यादव, नेकपा एसका बृहस्पति अधिकारी, नेकपाका सचिव प्रताप सि लगायतको सहभागिता थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस