२०८२ बैशाख ९, मंगलबार
24 खबर अपडेट

अप्टिमिष्ट क्लबद्धारा भूमहीमा निःशुल्क दन्त परीक्षण शिविर सम्पन्न

२०८० फागुन १४, सोमबार प्रकाशित ( साल अघि) २१० पाठक संख्या

परासी, १४ फागुन । पश्चिम नवलपरासीको भूमहीमा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । अप्टिमिष्ट क्लब अफ नवलपरासीको आयोजना तथा जुनियर अप्टिमिष्ट क्लब अफ नवलपरासीको सहआयोजनामा एवं सुनवल डेण्टल केयरको प्राविधिक सहयोगमा दन्तरोग परीक्षण सेवा सम्बन्धि निःशुल्क शिविर सञ्चालन गरिएको हो ।
शिविरमा स्थानीय पचास जनाले दाँत परीक्षण गराएको अप्टिमिष्ट ईण्टरनेशनलका केन्द्रीय सल्लाहकार श्याम कुमार बस्यालले जानकारी दिनुभयो । परीक्षणसँगै दाँतको हेरचाह सम्बन्धि जनचेतनामूलक परामर्श पनि प्रदान गरिएको आयोजकले जनाएको छ ।
अप्टिमिष्ट क्लबका अध्यक्ष मनिष गुप्ताको अध्यक्षता तथा जिल्ला क्रिकेट संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा अप्टिमिष्ट ईण्टरनेशनल क्लबका केन्द्रीय सल्लाहकार श्याम कुमार बस्याल, ट्राफिक प्रहरी निरीक्षक राजु खत्री, डा. विकास ढुंगाना लगायतले दाँत स्वास्थ्यको विषयमा प्रकाश पार्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस