२०८१ भाद्र २३, आईतबार
24 खबर अपडेट

छैठौँ नवलपरासी औद्योगिक व्यापार मेलाको तयारी अन्तिम चरणमा

२०८० फागुन १३, आईतबार प्रकाशित ( महिना अघि) १८३ पाठक संख्या

मोहन पौडेल
परासी, १३ फागुन । छैठौँ नवलपरासी औद्योगिक व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा यही फागुन १६ देखि शुरु हुन लागेको औद्योगिक व्यापार मेलाको लागि पूर्व तयारीका काम अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
नवलपरासी उद्योग वाणिज्य संघको आयोजनामा फागुन ३० गतेसम्म सञ्चालन हुने मेला परासीस्थित रामग्राम –५ वाईपास रोडमा सञ्चालन हुँदैछ । मेला स्थलमा अहिले स्टल निर्माण, मञ्च, बाल उद्यान, सचिवालय, प्रवेशद्धार निर्माण लगायतको कार्यहरु करिब अन्तिम चरणमा रहेको मेला आयोजक नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले जानकारी दिनुभयो । अहिलेसम्म करिक ८० प्रतिशत तयारीका कामहरु सकिएको उहाँको दाबी छ ।

01

मेलालाई आकर्षक बनाउन र यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मेलाको मूल गेट परासीको बुद्धचोकमा रहेको बुद्ध स्ट्याचुको आकृतिमा निर्माण हुँदैछ भने मेला परिसरमा रामग्राम स्तूप र पाल्ही मन्दिरको स्ट्याचु बनाईने अध्यक्ष अग्रहरीले बताउनुभयो । यसैगरी उद्योग वाणिज्य संघको परासीमा रहेको भवनकै आकृतिको झल्को दिने गरि मेला स्थलमा सचिवालय पनि निर्माण गरिएको छ । मंगलबारसम्ममा मेलाको सम्पूर्ण तयारी पूरा भईसक्ने संघले जनाएको छ ।

6

यसैबीच आज रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरीले मेला स्थलमा भईरहेको तयारीको निरीक्षण गर्नुभएको छ । मेलाको तयारीसहित मेला सफल बनाउन भईरहेका पहलका विषयमा जानकारी लिँदै उपमेयर चौधरीले मेला सफल बनाउन रामग्राम नगरपालिकाले संरक्षकको भूमिका निर्वाह गर्दै सहयोग गरिरहेको र पूर्ण सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

1

औद्योगिक व्यापार मेलामा यस पटक स्थानीय उत्पादन, कृषि, पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको संघका उपाध्यक्ष एवं स्टल व्यवस्थापन उपसमिति संयोजक गिरीराज पाण्डेयले जानकारी दिनुभयो । मेलामा १३० वटा स्थल रहने बताउँदै स्टल बुकिङ धमाधम भईरहेको उहाँले बताउनुभयो। मेला स्थलमा वस्तुको प्रकृतिको आधारमा छुट्टाछुट्टै स्टल क्षेत्र निर्धारण गरिएको छ ।

5

मेलाको फागुन १६ गते संघीय सरकारका अर्थमन्त्री प्रकाशरण महतले उद्घाटन गर्ने संघका उपाध्यक्ष राजेश गुप्तले जानकारी दिनुभयो । उक्त अवसरमा तीनै तहका सरकारका प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं प्रतिनिधिहरु, संघीय तथा प्रदेश सांसदहरु तथा स्थानीय सरोकारवालाहरुको बृहत सहभागिता रहने उहाँले बताउनुभयो ।
मेलाको आकर्षणको रुपमा परम्परागत तथा जिल्लाको संस्कृति झल्कने गरि विभिन्न जातजातीको भेषभुषासहितको झाँकी प्रदर्शनी,ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुद्धारा विविध सांस्कृतिक कार्यक्रमहरु,नवलपरासीका स्थानीय तह स्तरीय सांस्कृतिक प्रतियोगिता,जिल्लामा रहेका कृषि उपज,लघु उद्यमी, महिला उद्यमी द्धारा उत्पादित वस्तुहरुको प्रदर्शनी, यस क्षेत्रका धार्मिक एवं पर्यटकीय स्थलहरुको चिनारीसहितको प्रवद्र्धन लगायत रहने संघकी महासचिव तारा आचार्यले बताउनुभयो ।

3

करिब दुई लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको उक्त मेलामा करिब रु पाँच करोड दश लाख रुपैँयाको आर्थिक कारोबार हुने अपेक्षा गरिएको संघका कोषाध्यक्ष भोला पराजुलीले बताउनुभयो । मेला अवलोकनका लागि टिकटदर रु १०० निर्धारण गरिएको छ भने विद्यार्थीलाई परिचय पत्रका आधारमा रु ७० र विद्यालयबाट सामूहिक आएमा रु ५० का दरले निर्धारण गरिएको छ । ज्येष्ठ नागरिक, असक्त तथा फरक क्षमता भएकाहरुलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको कोषाध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।

8

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस