२०८१ कार्तिक २, शुक्रबार
24 खबर अपडेट

जेसीआई कञ्चनद्धारा व्यवसायीलाई कर शिक्षा अभिमुखीकरण

२०८० फागुन ९, बुधबार प्रकाशित ( महिना अघि) २५७ पाठक संख्या

रुपन्देही, फागुन ९ । जेसीआई कञ्चनको आयोजनामा व्यवसायीहरूको लागि एक दिने कर शिक्षा सम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न भएको छ।

कञ्‍चन गाउँपालिका क्षेत्र र आसपासका व्यवसायीहरूको आवश्यकतालाई मध्यनजर गर्दै आयोजित कार्यक्रममा बोल्दै जेसीआई कञ्‍चन वर्ष २०२४ का अध्यक्ष धनपति ज्ञवाली सन्देशले खस्किँदो अर्थतन्त्र र युवा पलायनलाई रोक्न जेसीआई कञ्चनले व्यवसाय गरिरहनु भएका व्यक्तिहरूको नेतृत्व र व्यक्तित्व विकास सँगै व्यवसायलाई दीगोपना दिन कर शिक्षा सम्बन्धि तालिम सञ्चालन गरेको बताउनुभयो।

उहाँले विभिन्न कार्यक्रम, गोष्ठी, समारोहमा प्रयोग हुने खादा, माला र मायाको चिनो दिने परम्परा लगायतका  अनावश्यक फजुल खर्च कटौती तथा  निस्तेज गरि स्थानीय उत्पादनलाई प्रयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। साथै जेसीआई कञ्चनले आगामी दिनहरूमा पनि यस्तै प्रकारका अन्य थुप्रै तालिमहरु सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

अभिमुखीकरण तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष  मौसमी थापा मगरले व्यवसायीहरूले स्थानीय सरकारले निर्धारण गरेको कर तिर्नुपर्नेमा जोड दिँदै  करलाई व्यवस्थित गर्न नसकिएमा व्यवसाय नै धरापमा पर्न सक्ने बताउनु भयो । साथै जेसीआई कञ्चनले तालिमको माध्यमबाट  व्यक्तिगत र व्यवसायिक क्षेत्रमा पुर्‍याएको योगदानलाई कञ्चन गाउँपालिकाले मूल्याकंन गरिरहेको बताउँदै आगामी दिनहरूमा सहकार्य र सदाचारका साथ स्थानीय सरकार जेसीआई कञ्चन सँग सधै साथमा रहने उपाध्यक्ष मगरले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा  जेसीआई नेपालका राष्ट्रिय उपाध्यक्ष जेसी राजन शर्मा पौडेल र कञ्चन गाउँपालिका प्रवक्ता चित्रलाल तुलाचनले तालिम कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नु भएको थियोे ।

आन्तरिक राजस्व कार्यालय बुटवलका कर अधिकृत गौरव पाण्डे र सुवास पोखरेलले प्रशिक्षण दिनु भएको उक्त कार्यक्रममा कञ्चन गाउँपालिका क्षेत्र तथा  आसपासका झण्डै ७० जना व्यवसायीको सहभागिता थियोे ।

जेसीआई कञ्‍चन वर्ष २०२४ का अध्यक्ष धनपति ज्ञवाली सन्देशको अध्यक्षता, महासचिव प्रकाश उपाध्याय पौडेलको सञ्‍चालन, जेसीआई आस्थापाठ उपाध्यक्ष रामनाथ गौतम, जेसीआई मिसन भिजन सुवास सापकोटा र स्वागत मन्तव्य कार्यकारी उपाध्यक्ष निरोज पौडेलले गर्नुभएको उक्त अभिमुखीकरण तालिम हरैया बहुमुखी क्याम्पस कञ्चन ३ हरैया रुपन्देहीको सभाहलमा सम्पन्‍न भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस