२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

परासीमा लाग्ने व्यापार मेला सफल बनाउन सहयोग गर्ने जातीय तथा धार्मिक संस्थाहरुको प्रतिबद्धता

२०८० फागुन ६, आईतबार प्रकाशित ( महिना अघि) १७० पाठक संख्या

परासी, ६ फागुन । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा सञ्चालन हुन लागेको मेलालाई सफल बनाउन सहयोग गर्ने यस क्षेत्रका क्रियाशील विभिन्न धार्मिक तथा जातीय संघ संगठनहरुले प्रतिबद्धता जनाएका छन् । मेला आयोजक नवलपरासी उद्योग वाणिज्य संघको आयोजनामा आज भएको अन्तरक्रिया कार्यक्रममा उनीहरुले उक्त प्रतिबद्धता जनाएका हुन् ।
रामग्राम ५ वाईपासस्थित खाली जग्गामा यही फागुन १६ देखि ३० गतेसम्म छैँठौँ नवलपरासी औद्योगिक व्यापार मेला सञ्चालन हुँदैछ । संघका अध्यक्ष ओमप्रकाश अग्रहरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा यस क्षेत्रमा क्रियाशील जातीय तथा धार्मिक संघ संस्थाहरुलाई विशेषगरी मेला उद्घाटनको दिन हुने र्याली तथा समुद्घाटन समारोहमा भव्य सहभागिता सहित आआफ्नो भेषभुषा र झाँकीसहित उपस्थितिका लागि आग्रह गरिएको संघका उपाध्यक्ष गिरीराज पाण्डेयले जानकारी दिनुभयो ।
सहभागि संघ संस्थाका प्रनिनिधिहरुले मेलालाई सफल बनाउन आआफ्नो क्षेत्रबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा ब्रह्म कुमारी ईश्वरीय विश्व विद्यालय, गायत्री परिवार, जय गुरुदेव, सत्य साई केन्द्र, सत्य साहेव समाज, ब्राह्मण समाज, क्षेत्री समाज, जयसवाल समाज, गोपाल सेवा समिति, गुप्ता समाज, केवट समाज, थारु कल्याणकारी सभा, नेवा समाज, मारवाडी समाज, साक्षी चर्च लगायतका प्रतिनिधिहरुको सहभागिता थियो ।
नवलपरासी औद्योगिक व्यापार मेलाको उद्घाटन फागुन १६ गते दिउँसो एकबजेदेखि हुनेछ । उद्घाटन समारोह अघि परासी बुद्धचोकबाट बाजागाजा, झाँकीसहितको र्यालीले नगर परिक्रमा गरि मेला स्थल पुग्ने कार्यक्रम रहेको संघका सचिव रामकुमार गुप्ताले जानकारी दिनुभयो । मेलाको लागि अहिले मेला स्थलमा धमाधम पूर्व तयारीका कामहरु भईरहेको संघका कोषाध्यक्ष भोला पराजुलीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%

प्रतिक्रिया दिनुहोस