२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

परासी बैंकर्स क्लबमा नयाँ नेतृत्व चयन

२०८० फागुन ५, शनिबार प्रकाशित ( महिना अघि) २०९ पाठक संख्या

परासी,५ फागुन । परासी बैंकर क्लबको वार्षिक साधारणसभा तथा तेस्रो नेतृत्व चयन कार्यक्रम आज सुनवलको वर्दगोरियामा सम्पन्न भएको छ ।
परासी क्षैत्रका रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउँपालिकामा रहेको बैंकहरुको साझा क्लब परासी बैंकर क्लबले शुभकामना आदनप्रदान, परिचयात्मक कार्यक्रम, विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम गरी आफ्नो तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
साथै क्लबको  तेस्रो कार्यकालको लागि २१ सदस्यीय सञ्चालक समिति पनि चयन गरेको छ । जसको अध्यक्षमा मिना पाण्डे भण्डारी ( सिटिजन बैंक ) , उपाध्यक्षमा हिम लाल खनाल ( राष्ट्रिय बाणिज्य बैंक ) , सचिवमा दिपक अधिकारी (ज्योति विकास बैंक ), सह-सचिवमा राम नरेस गुप्ता (एन.एम.बि. बैंक ) , कोषाध्यक्षमा कृष्ण गौतम  ( सिद्धार्थ बैंक) , सह-कोषाध्यक्षमा दिपेस कुमार कर्ण  ( माछापुच्छ्रे बैंक ) रहनु भएको छ । पदाधिकारी सबै बैंकको शाखा प्रबन्धकको रुपमा कार्यरत हुनुहुन्छ ।
बैंकिङ सेवामा अहोरात्र खटिने बैंकर , बैंकिङ जीवन संगै व्यक्तिगत जीवनको केही समय छुट्याएर समाजिक क्रियाकलपमा काम गर्ने सोचका साथै  विभिन्न माध्यमबाट बैंक र सेवाग्राहीको सामिप्यता अझै प्रगाढ बनाउने काममा यस क्लब तल्लीन हुने नवनिर्वाचित अध्यक्ष मिना पाण्डेले बताउनुभयो ।
क्लबका निवर्तमान अध्यक्ष डिल्लीराज काफ्लेको अध्यक्षता रहेको उक्त कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक शाखा प्रबन्धक हिम लाल खनालको सञ्चालन तथा प्रकाश अर्याल र जितेन्द्र अग्रहरीले सहजीकरण गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस