२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

रेडक्रस सोसाईटी परासी उपशाखामा पदहस्तान्तरण

२०८० फागुन ४, शुक्रबार प्रकाशित ( महिना अघि) २२१ पाठक संख्या

परासी, ४ फागुन । नेपाल रेडक्रस सोसाईटी परासी उपशाखाका नवनिर्वाचित पदाधिकारीहरुले सपथग्रहण तथा पदभार ग्रहण गरेका छन् । आज रामग्राम–६ पोखरापालीमा आयोजित समारोहमा उपशाखाका सभापति अवधेस यादव नेतृत्वको समितिले नवनिर्वाचित सभापति सन्दिप अग्रहरी नेतृत्वको कार्यसमितिलाई पदहस्तान्तरण गरेको हो ।
नेपाल रेडक्रस सोसाईटी परासी उपशाखाको गत माघ २४ गते भएको निर्वाचनबाट अग्रहरी सभापतिमा निर्वाचित हुनुभएको थियो भने अन्य पदाधिकारी निर्विरोध निर्वाचित भएका थिए । प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री ध्रुबबहादुर प्रधानको प्रमुख आतिथ्यमा परासी उपशाखाले पहिलो पटक पद हस्तान्तरण समारोह आयोजना गरेको थियो ।
उपशाखाको उपसभापति(महिला)मा सिता कुँवर, सचिवमा बसन्त पराजुली, कोषाध्यक्षमा सुरज यादव, उपसचिवमा नगेन्द्र गुप्ता, उपकोषाध्यक्षमा पवित्रा भाट क्षेत्री तथा महिला सदस्यमा विजया लक्ष्मी शर्मा, खुल्ला सदस्यमा राधिका पौडेल, रोशन शाह, दिनेश उपाध्याय, ताराचन्द्र बर्मा निर्वाचित हुनुभएको थियो । उहाँहरुलाई निर्वाचन अधिकारी एवं रेडक्रस जिल्ला शाखाकी सदस्य रुद्रकुमारी कँडेलले पद तथा गोपनीयताको सपथ गराउँदै निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ ।
कार्यक्रममा रामग्राम नगरपालिकाकी उपमेयर सम्झना चौधरी, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति राजेन्द्र अग्रहरी, रेडक्रस लुम्बिनी प्रदेशका कोषाध्यक्ष हैदरअलि मोमिन, रेडक्रस परासी उपशाखाका संस्थापक सभापति अमृतसिंह जिसी,लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पुरन चौधरी, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवाली, नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरी,रामग्राम १ का वडा अध्यक्ष रुद्रप्रकाश उपाध्याय,परासी क्याम्पसका प्रमुख सुमन गोपाल आचार्य, रामग्राम जेसीजका संस्थापक अध्यक्ष श्याम कुमार बस्याल, रेडियो परासीका अध्यक्ष राजकुमार रेश्मी,रेडक्रस परासी उपशाखाका नवनिर्वाचित अध्यक्ष सन्दिप अग्रहरी, निवर्तमान अध्यक्ष अवधेस यादव, पूर्व सभापति आरधना भट्ट लगायतले रेडक्रसको महत्व र भूमिकाको विषयमा आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
उपशाखाकी उपसभापति सिता कुँवरको स्वागत मनतव्य र रामग्राम जेसीजका अध्यक्ष मोहन पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको रेडक्रस परासी उपशाखाका सचिव बसन्त पराजुलीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस