२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

परासीमा फागुन १६ देखि औद्योगिक व्यापार मेला हुँदै, पूर्व तयारी तीव्र

२०८० फागुन ४, शुक्रबार प्रकाशित ( महिना अघि) ३६२ पाठक संख्या

मोहन पौडेल
परासी, ४ फागुन । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा यही फागुन १६ देखि छ्रैँठौँ नवलपरासी औद्योगिक व्यापार मेला हुने भएको छ । नवलपरासी उद्योग वाणिज्य संघको आयोजनामा फागुन ३० गतेसम्म सञ्चालन हुने व्यापार मेलाको पूर्व तयारी तीव्र पारिएको छ ।
रामग्राम–५ वाईपासस्थित खाली जग्गामा हुने मेलाको लागि अहिले पूर्वाधार निर्माणको कार्य भईरहेको मेला आयोजक नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले दैनिक ट्वान्टीफोर खबरलाई जानकारी दिनुभयो । मेला स्थलमा सचिवालय, स्टल लगायतका संरचनाहरु धमाधम निर्माण भईरहेको उहाँले बताउनुभयो । एक हप्ता भित्रै तयारीका कामहरु सकिने उहाँको दाबी छ । मूल आयोजक समिति र २५ वटा उपसमितिहरु गठन गरि मेलाको तयारी तीव्र रुपमा भईरहेको अध्यक्ष अग्रहरीले बताउनुभयो ।
यस क्षेत्रको उद्योग व्यवसाय,कृषि,पर्यटन क्षेत्र तथा समग्र आर्थिक क्षेत्र उकास्न र चलायमान बनाउन मेला महत्वपूर्ण सावित हुने आयोजकको भनाई छ । जिल्लामा रहेका उद्योगका उत्पादन, कृषि जोन, माटो परीक्षण,स्थानीय कला संस्कृतिको संरक्षण र उजागर गर्ने लगायतका करिब २०० स्टलहरु मेलामा रहने अध्यक्ष अग्रहरीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस