२०८२ बैशाख ९, मंगलबार
24 खबर अपडेट

पेस्तोलसहित बर्दघाटको जहदाबाट दुई जना पक्राउ

२०८० फागुन २, बुधबार प्रकाशित ( साल अघि) ८३७ पाठक संख्या

मोहन पौडेल
परासी, २ फागुन । पश्चिम नवलपरासी प्रहरीले हतियारसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बर्दघाट नगरपालिका वडा नं.१३ का अजय अहिर र सोही वडाको लेवडाका कमल चौधरी रहेको प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट भटौलियाबाट खटिएको प्रहरी टोलीले जिल्लाको बर्दघाट नगरपालिका वडा नं.१२ जहदाबाट एक थान पेस्तोलसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।
बर्दघाट १२ स्थित भटौलिया–मझौनी भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ शंकास्पद रुपमा पैदल हिँडिरहेका उनीहरुलाई सोधपुछ गर्ने क्रममा पस्तोल फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जना विरुद्ध ईलाका प्रहरी कार्यालय बर्दघाटले नवलपरासी जिल्ला अदालतमा हातहतियार तथा खरखजना मुद्धा दर्ता गरि थप अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस