२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

सुनवल जेसीजको १२ औँ पद हस्तान्तरण सम्पन्न

२०८० फागुन १, मंगलबार प्रकाशित ( महिना अघि) ४९३ पाठक संख्या

परासी, १ फागुन । सुनवल जेसीजको १२ औँ पदहस्तान्तरण एवं सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सुनवल जेसीज वर्ष २०२३ का अध्यक्ष विकास आचार्यले वर्ष २०२४ का लागि निर्वाचित अध्यक्ष सपना शर्मालाई जेसीज मालासहित पदहस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा वर्ष २०२४ का लागि निर्वाचित अध्यक्ष शर्मालाई निवर्तमान अध्यक्ष आचार्यले र अन्य पदाधिकारीलाई नवनिर्वाचित अध्यक्ष शर्माले पद तथा गोपनीयताको सपथ खुवाउनुभएको थियो । सुनवल जेसीजको गत पुस २६ गते सम्पन्न १२ औँ शाखा अधिवेशनबाट शर्माको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित भएको थियो । समितिको कार्यकारी उपाध्यक्षमा सन्दिप गुप्ता र हिरा बहादुर क्षेत्री, उपाध्यक्षहरुमा आदर्श पौडेल, आर्यन पौडेल,सुमन बानिया र शिव रेग्मी निर्वाचित हुनुभएको निर्वाचन अधिकृत एवं पूर्व अध्यक्ष जमुना कुमारी थापाले जानकारी दिनुभयो ।
जेसीजको विधान अनुसार नवनिर्वाचित अध्यक्ष शर्माले महासचिवमा सुवर्णराज उपाध्याय, कोषाध्यक्षमा सुरज चालिसे र कानूनी सल्लाहकारमा जमुना कुमारी थापालाई मनोनीत गर्नुभएको छ ।

Sun2

कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)ले युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा जेसीजको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले आगामी दिनमा सुनवल क्षेत्रका थप युवाहरुलाई पनि आबद्ध गराई समाज रुपान्तरणमा लाग्न जोड दिनुभयो ।
उक्त अवसरमा सुनवल नगरपालिकाका उपमेयर सुर्यप्रसाद दुवे, रामग्राम जेसीजका संस्थापक अध्यक्ष श्याम कुमार बस्याल, महाकवि देवकोटा क्याम्पस सुनवलका अध्यक्ष कृष्णप्रसाद लामिछाने लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । सन् २०१२ मा रामग्राम जेसीजको मातृत्वमा सुनवल जेसीजको स्थापना भएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस