२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

सुस्तामा हजुरबुबा र नाति मृत फेला

२०८० फागुन १, मंगलबार प्रकाशित ( महिना अघि) ९३६ पाठक संख्या

मोहन पौडेल
परासी,१ फागुन । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नंं.३ मर्चहवामा हजुरबुबा र नाति मृत फेला परेका छन् । ६५ वर्षीय यक्षलाल चमार र उनका नाति ११ वर्षीय गौचरण चमार आज विहान उनीहरु बस्दै आएको घर नजिकै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मर्चहवा घर भई विगत ४÷५ वर्षदेखि पाँच सय मिटर दक्षिण तर्फको दुरीमा ५ नम्बर ठोक्करमा सिमेन्टको कच्ची खपडाले छाएको छाप्रोमा बस्दै आएका उनीहरुको शव सोही छाप्रो बाहिर फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो । हजुरबुबा यक्षलाल र नाति गौचरणको १५ मिटरको दुरीमा उत्तानो परेको अवस्थामा शव फेला परेको उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक काजी कुमार आचार्यसहितको प्रहरी टोली घटनास्थलमा पुगि तालिम प्राप्त कुकुर समेत परिचालन गरि घटनाको थप अनुसन्धान गरिरहेको छ । स्थानीयले उनीहरुको हत्या भएको हुन सक्ने बताएका छन् । उनीहरुको घरमा एक छोरा, दुई नाति,एक नातिनी र एक बुहारी बस्दै आएको भएपनि छोरा रोजगारीको शिलशिलामा डेढ महिना अघि भारत गएपछि बुहारी पनि एक नाति र एक नातिनीसहित माईती घर भारतमै बस्दै आएको खुलेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%१८%४%

प्रतिक्रिया दिनुहोस