२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

स्वास्थ्य शिविरमा एकैदिन ७२२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण

२०८० माघ २४, बुधबार प्रकाशित ( महिना अघि) ३०८ पाठक संख्या

मोहन पौडेल
परासी, २४ माघ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं.९ जोकवारमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । एक दिन सञ्चालन भएको उक्त शिविरबाट त्यस क्षेत्रका ७२२ जना लाभान्वित भएका छन् ।
क्यानेडियन रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाईटीद्धारा सञ्चालित बृहत सामुदायिक स्वास्थ्य परियोजनाको सहयोगमा रामग्राम नगरापालिको आयोजनामा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।
शिविरमा देवदह मेडिकल कलेजका चिकित्सक एवं स्वास्थ्यकर्मीहरुको टोलीले विरामीको स्वास्थ्य परीक्षण गरेको थियो भने निःशुल्क औषधी पनि वितरण गरिएको नेपाल रेडक्रस सोसाईटी नवलपरासी शाखाका स्वास्थ्य अधिकृत अनुप खड्काले जानकारी दिनुभयो । शिविरमा साधारण स्वास्थ्य परीक्षण, छाला सम्बन्धी परीक्षण, नाक कान घाँटी सम्बन्धि परीक्षण, आँखा परीक्षण, दाँत परीक्षण, स्त्री तथा प्रसुती रोग परीक्षण,गर्भवती महिलालाई निःशुल्क अल्ट्रासाउण्ड सेवा प्रदान गरिएको आयोजकले जनाएको छ ।
उक्त अवसरमा जनचेतनामूलक सडक नाटक पनि प्रदर्शन गरिएको थियो । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति राजेन्द्र अग्रहरीको अध्यक्षता तथा रामग्राम नगरपालिकाका मेयर धनपत यादवको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्तममा मेयर यादवले विशेषज्ञ चिकित्सक र सुविधासम्पन्न अस्पतालको पहुँचमा पुग्न नसकेका ग्रामीण क्षेत्रका विपन्न नागरिकलाई स्वास्थ्य सेवाको सहज पहुँचमा ल्याउन यो शिविर सञ्चालन गरिएको बताउँदै शिविरबाट भरपुर लाभ लिन आग्रह गर्नुभएको थियो ।
उक्त अवसरमा उपमेयर सम्झना चौधरी, वडा नं. ९ का वडा अध्यक्ष भोजनारायण यादव, रामग्राम नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजन लगायतले बोल्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस