२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

संगठनको स्थापना दिवसमा परासीका दृष्टिविहीन बालबालिकासँग प्रेस चौतारी

२०८० माघ २२, सोमबार प्रकाशित ( महिना अघि) २५६ पाठक संख्या

परासी, २२ माघ । प्रेस चौतारी नेपाल पश्चिम नवलपरासी शाखाले संगठनको २६ औँ स्थापना दिवस दृष्टिविहीन बालबालिकाको साथमा मनाएको छ । परासीस्थित आदर्श माविमा अध्ययनरत दृष्टिविहीन स्रोत कक्षाका विद्यार्थीहरुसँग प्रेस चौतारी नेपाल जिल्ला शाखा नवलपरासीले आज दृष्टिविहीन बालबालिकासँग प्रेस चौतारी विषयक कार्यक्रम गरि स्थापना दिवस मनाएको हो ।
उक्त अवसरमा त्यहाँ अध्यनरत दृष्टिविहीन बालबालिकालाई चौतारीले फलफूल वितरण गरेको थियो भने उनीहरुले भोगिरहेका समस्या, अवस्था तथा सबल पक्षको बारेमा पनि अन्तरक्रिया गरेको प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष मेघराज गौतमले जानकारी दिनुभयो । श्रमजिवी पत्रकारहरुको साझा संस्थाको रुपमा रहेको प्रेस चौतारी नेपालले संगठनमा आवद्ध पत्रकारहरुको हकहितसँगै सामाजिक उत्तरदायित्व अन्तरगत आफ्नो स्थापना दिवस दृष्टिविहीन बालबालिकासँग मनाउँदै अनुभव साटासाट गर्ने अवसर प्राप्त भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य केशव पराजुलीले प्रेस चौतारी नेपाल श्रमजिवी पत्रकारको हितसँगै प्रेस स्वतन्त्रा र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा लड्दै आएको अग्रणी संगठन रहेको बताउनुभयो । पछिल्लो पटक राज्यका कारण पत्रकारिता पेशा सुरक्षित हुन नसकेको र राज्यको स्पष्ट दृष्टिकोण नहुँदा मिडिया पनि धरासायी हुने अवस्थामा पुगेको बताउनुभयो । उहाँले संगठनले पत्रकारको स्तरीयता र विश्वसनियताका लागि निरन्तर काम गर्ने पनि बताउनुभयो । उहाँले दृष्टिविहीन बालबालिकाहरुले भोगिरहेका समस्या समधान गर्न पत्रकारिताको माध्यमबाट पहल गर्ने पनि बताउनुभयो ।
दृष्टिविहीन स्रोत कक्षाका दृष्टिविहीन शिक्षक भोजराज पाण्डेले यस स्रोत कक्षामा शैक्षिक सामग्री तथा सहायक सामग्री, सांगितिक सामग्रीको अभाव रहेको बताउनुभयो । खानपान स्तरीय भएपनि शैक्षिक सामग्रीको भने अभाव भोग्नुपरेकोले गुणस्तरीय शिक्षामा बाधा परिरहेकोले सहकार्य गरि दातृ निकायबाट सहयोग गरिदिन आग्रह गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस