२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

नवलपरासीको महेशपुरबाट बुटवलका दुई जना लागूऔषधसहित पक्राउ

२०८० माघ २२, सोमबार प्रकाशित ( महिना अघि) ५३४ पाठक संख्या

मोहन पौडेल
परासी, २२ माघ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं.१ महेशपुर चोकबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । दक्षिणबाट उत्तरतर्फ मोटरसाईकलमा आउँदै गरेका दुई जनालाई ईलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं. ७ अस्नैया घर भई हाल बुटवल उपमहानगरपालिका वडा नं.११ देवीनगर बस्ने २८ वर्षीय सरोज चौधरी र बाग्लुङको गल्कोट नगरपालिका वडा नं. हटिया घर भई हाल बुटवल ११ देवीनगर बस्ने २२ वर्षीया पवित्रा परियार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।
उनीहरुको साथबाट खैरो हिराईन जस्तो देखिने ६ पुरिया प्लाष्टिकसहित(६ ग्राम ६२० मिलिग्राम) फेला परेको डिएसपी बोहराले बताउनुभयो । उहाँका अनुसार लु ३५ प ५६१३ नम्बरको मोटरसाईकलमा परासीतर्फ आउँदै गर्दा उनीहरुलाई शंकास्पद अवस्थामा प्रहरीले जाँच गर्दा मोटरसाईकल चालक सरोज चौधरीले लगाएको हेल्मेट भित्र लुकाई छिपाई राखेको अवस्थामा खैरो हिराईन नामक लागूऔषध फेला परेको थियो । पक्राउ परेका दुवै जना विरुद्ध जिल्ला अदालतबाट लागू औषध मुद्धामा म्याद थप गरि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस