२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

रामग्रामको बन्जरियामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न,४७३ लाभान्वित

२०८० माघ २१, आईतबार प्रकाशित ( महिना अघि) ३४९ पाठक संख्या

मोहन पौडेल
परासी, २१ माघ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं.१८ बन्जरियामा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरबाट त्यस क्षेत्रका चार सय ७३ जना सेवाग्राहीले निःशुल्क उपचार पाएका छन् ।
अप्टिमिष्ट क्लब अफ नवलपरासी र पातन्जल योग समितिको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको छ । शिविरमा लुम्बिनी हस्पिटल एण्ट टेक्निकल कलेज बुटवलको प्राविधिक सहयोग रहेको थियो । शिविरमा स्वास्थ्य परीक्षण गराएका ४७३ जना सेवाग्राहीलाई पाँच लाख बढीको औषधी निःशुल्क वितरण गरिएकोे अप्टिमिष्ट क्लबका संस्थापक जिल्ला अध्यक्ष एवं केन्द्रीय सल्लाहकार श्याम कुमार बस्यालले जानकारी दिनुभयो । सुविधा सम्पन्न अस्पताल र विशेषज्ञ चिकित्सकको सेवामा सहज पहुँच नभएका ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य उपचारको पहुँचमा ल्याउन क्लबले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत बृहत स्वास्थ्य शिविर सञ्चालन गरेको उहाँले बताउनुभयो ।
लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज बुटवलले पाँच लाख बराबरको औषधी सहयोग गरेको थियो भने सोही अस्पतालमा कार्यरतसहित विभन्न ६ प्रकारका विशेषज्ञ चिकित्सकहरुको टोलीले शिविरमा स्वास्थ्य परीक्षण गरेको बस्यालले बताउनुभयो । शिविरमा नाक कान घाँटी,हाड जोर्नी तथा नशा,दाँत,बाल रोग,जनरल फिजिसियन लगायतका विशेषज्ञहरूबाट बिरामीको परीक्षण गर्नुका साथै आवश्यक परामर्श पनि प्रदान गरिएको थियो ।

S2

पातञ्जल योग समितिकी अध्यक्ष एवं रामग्राम नगरपालिकाकी उपमेयर सम्झना चौधरीको अध्यक्षता तथा नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा अप्टिमिष्ट क्लबका संस्थापक अध्यक्ष एवं केन्द्रीय सल्लाहकार श्याम कुमार बस्याल, लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज बुटवलका अध्यक्ष भीम तुलाचन, अप्टिमिष्ट क्लव नवलपरासीका अध्यक्ष मनिष गुप्ता, सचिव राम पौडेल, वाईजमेन युथ क्लब नवलपरासीकी अध्यक्ष सुमिना लामिछाने लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस