२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

एन प्याब्सन पश्चिम नवलपरासीको पाँचौँ अधिवेशन, अध्यक्षमा कँहार

२०८० माघ २०, शनिबार प्रकाशित ( महिना अघि) ४९२ पाठक संख्या

परासी, २० माघ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसिएसन नेपाल(एन प्याब्सन) पश्चिम नवलपरासीको अध्यक्षमा रोहित कँहार चयन हुनुभएको छ। सुस्ता गाउँपालिकाको नौडिहवामा आज सम्पन्न एन प्याब्सनको पाँचौँ जिल्ला अधिवेशनबाट कँहारको नेतृत्वमा निर्विरोध सात सदस्यीय समिति चयन भएको हो ।
कँहार रोशन ज्योति ईङ्लिस स्कुल सरावल ४ गोबरहियाका संस्थापक एवं प्रधानाध्यापक हुनुहुन्छ । यस्तै नवगठित समितिको उपाध्यक्षमा रामबहादुर कुर्मी, सचिवमा महातम प्रसाद हरिजन, कोषाध्यक्षमा मनोज पाल एवं सदस्यहरुमा सुरेन्द्र हरिजन, ब्रम्हा कुमा यादव, मुस्ताक अलि अन्सारी लगायत रहनुभएको छ ।
कार्यक्रममा सहभागिहरुले सरकारले निजी र सामुदायिक विद्यालयलाई फरक दृष्टिकोणले हेर्न नहुनेमा जोड दिएका थिए । शिक्षाको सुधारमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको निजी विद्यालय सञ्चालहरुको भनाई थियो ।
एन प्याब्सन नवलपरासीका निवर्तमान उपाध्यक्ष हिरालाल कुशवाहाको अध्यक्षता एवं केन्द्रीय सदस्य कृष्ण प्रसाद घिमिरेको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा एन प्याब्सनका पूर्व केन्द्रीय सदस्य उमा गिरी, प्रदेश उपाध्यक्ष डिल्लीराम काफ्ले,पूर्व जिल्ला अध्यक्ष रामप्रसाद पाण्डे, प्रदेश सदस्य सूर्यनाथ दास पटेल लगायतले शुभकामना व्यक्त गर्नुभएको क्षितिज विद्यालय रामग्राम ८ का सञ्चालक एवं एन प्याब्सनका प्रदेश सदस्य सूर्यनाथ दास पटेलले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%४%

प्रतिक्रिया दिनुहोस