२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

पश्चिम नवलपरासीका स्थानीय तह विरुद्ध अख्तियारमा १०५ उजुरी

२०८० माघ १८, बिहिबार प्रकाशित ( महिना अघि) १०८५ पाठक संख्या

मोहन पौडेल
परासी, १८ माघ । पश्चिम नवलपरासीका स्थानीय तहको काम कारवाहीलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक सय पाँच उजुरी परेको छ । चालु आर्थिक वर्षमा जिल्लाका सात स्थानीय तह विरुद्ध परेका उजुरी मध्ये ३७ वटा फछ्यौट भईसकेको र ६८ वटा फछ्यौट हुन बाँकी रहेको आयोगको बुटवल कार्यालयले जनाएको छ ।
सात स्थानीय तहमध्ये सबैभन्दा बढी बर्दघाट नगरपालिका विरुद्ध उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका शाखा अधिकृत नवराज भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष बर्दघाट नगरपालिकाको काम कारवाहीलाई लिएर आयोगमा २९ वटा उजुरी परेको थियो । त्यसमध्ये नौ वटा मात्र फ्छयौट भएको छ भने २० वटा हेर्न बाँकी रहेको आयोगले जनाएको छ।
बर्दघाट पछि सबैभन्दा धेरै सरावल गाउँपालिका विरुद्ध उजुरी परेको छ । आयोगका शाखा अधिकृत भण्डारीका अनुसार यस वर्ष सरावल गाउँपालिकाको काम कारवाही विरुद्ध २७ वटा उजुरी परेकोमा ६ वटा फछ्यौट भएको र २१ वटा उजुरी हेर्न बाँकी रहेको छ ।
सुनवल नगरपालिका विरुद्ध परेको १८ वटा उजुरी मध्ये नौ वटा फछ्यौट भएको छ । अब नौ वटा उजुरी फछ्यौट गर्न बाँकी रहेको भण्डारीले बताउनुभयो ।
पाल्हीनन्दन गाउँपालिका विरुद्ध १२ वटा उजुरी परेका आयोगले जनाएको छ । त्यसमध्ये पाँच वटा फछ्यौट भएको छ भने सात वटा उजुरी हेर्न बाँकी रहेको आयोगले जनाएको छ। भण्डारीका अनुसार रामग्राम नगरपालिका विरुद्ध दश वटा उजुरी परेकोमा पाँच वटा फछ्यौट भएको र पाँच वटा हेर्न बाँकी रहेका छन् ।
प्रतापपुर गाउँपालिका विरुद्ध सात वटा उजुरी दर्ता भएकोमा दुई वटा फछ्यौट भईसकेको आयोगका शाखा अधिकृत भण्डारीले जानकारी दिनुभयो । सुस्ता गाउँपालिका विरुद्ध दुई वटा उजुरी परेकोमा एउटा फछ्यौट भएको र एउटा फछ्यौट हुन बाँकी रहेको उहाँले बताउनुभयो ।
विशेषगरी सेवा वापत शुल्क लिने, सार्वजनिक निकायबाट विचौलिया मार्फत हुने काम, सार्वजनिक निकायमा हुने कर्मचारी भर्ना, उपभोक्ता समिति मार्फत हुने काम, निर्माण कार्य, विद्यालय दिवा खाजा लगायतमा अनियमितता भएको भन्दै उजुरी परेको आयोगले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%३%

प्रतिक्रिया दिनुहोस