२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

रामग्रामको धरमपुरबाट लागूऔषधसहित एक युवा पक्राउ

२०८० माघ ९, मंगलबार प्रकाशित ( महिना अघि) ५२३ पाठक संख्या

परासी, ९ माघ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं.१८ धरमपुरबाट लागूऔषध सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । परासीबाट धरमपुर जाँदै गर्दा लु ४४ प १५४२ नम्बरको मोटरसाईकलमा सवार रामग्राम १५ डिगोलका २४ वर्षीय नुर मोहम्मद धुनियालाई लागूऔषधसहित प्रहरी चौकी बैरागनाथको टोलीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका धुनियाको साथबाट डाईजोपाम १०० एम्पुल, फेनरागन १०० एम्पुल, नोर्फिन १०० एम्पुल र नाईट्रोभेट ६०० ट्याब्लेट फेला परेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो । धुनियामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस