२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

जेसीआई रामनगरद्धारा शाखा पदाधिकारीलाई काम,कर्तव्य र अधिकारबारे प्रशिक्षण

२०८० माघ ६, शनिबार प्रकाशित ( महिना अघि) ५८८ पाठक संख्या

परासी, ६ माघ । युवाहरुको नेतृत्व, व्यक्तित्व तथा उद्यमशीलता विकासमा सक्रिय अग्रणी संस्था जेसीआई रामनगर वर्ष २०२४ ले शाखाका पदाधिकारीको काम,कर्तव्य र अधिकारको विषयमा प्रशिक्षण दिएको छ । पश्चिम नवलपरासीको भूमहीमा आज आयोजित उक्त तालिममा नवनिर्वाचित पदाधिकारीहरुलाई प्रशिक्षण दिईएको हो ।
उक्त अवसरमा नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय उपाध्यक्ष राजन शर्मा पौडेलले जेसीजका स्थानीय शाखाका पदाधिकारीको काम, कर्तव्य र अधिकार, भूमिका, दायित्व, जेसीज अभियान लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

02

तालिमको उद्घाटन गर्दै सुनवल नगरपालिकाका उपमेयर सूर्यप्रसाद दुवेले जेसीज युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने विश्वविद्यालयको रुपमा रहेकोले स्थानीय सरकारले प्रोत्साहन गर्ने बताउनुभयो । उहाँले नगरका गतिविधि सञ्चालनको क्रममा जेसीजसँग पनि सहकार्य गर्दै अघि बढ्ने बताउँदै तालिमको माध्यमबाट आफ्नो क्षमता अभिवृद्धि गर्न आग्रह गर्नुभएको थियो ।
जेसीआई रामनगर वर्ष २०२४ का अध्यक्ष देवु भट्टराईले जेसीज अभियानलाई प्रभावकारी बनाउन र वर्ष २०२४ लाई सफल बनाउन शाखाका पदाधिकारीलाई प्रशिक्षण प्रदान गरिएको र यसबाट शाखाले सञ्चालन गर्ने गतिविधि थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष भट्टराईको अध्यक्षता तथा उपमेयर दुवेको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा सुनवल वडा नं.१२ का वडा अध्यक्ष चुरामणि पौडेल, जेसीआई रामनगरको मातृशाखा रामग्राम जेसीज वर्ष २०२४ का अध्यक्ष मोहन पौडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो भने तालिम समापन कार्यक्रममा नेपाल जेसीज वर्ष २०२४ का निरुपित राष्ट्रिय उपाध्यक्ष गणेश सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न भएको जेसीआई रामनगर वर्ष २०२४ का महासचिव डिल्लीराम सुवेदीले जानकारी दिनुभयो ।
कार्यक्रममा महासचिव सुवेदीको सञ्चालन, कार्यक्रम संयोजक एवं वर्ष २०२४ का तालिम संयोजक झविन्द्र भट्टराईको स्वागत, कार्यकारीणी उपाध्यक्ष भरत न्यौपानेको आस्था पाठ र आर्यमन पाण्डेले मिसन भिजन वाचन गर्नुभएको थियो ।

4 5

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%१%

प्रतिक्रिया दिनुहोस