२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

अयोध्यामा राममन्दिरको उद्घाटन हुने दिन परासीमा धार्मिक शोभायात्रादेखि दीपावलीसम्मको तयारी

२०८० माघ ५, शुक्रबार प्रकाशित ( महिना अघि) ७४५ पाठक संख्या

परासी, ५ माघ । हिन्दुहरुका भगवान् रामको जन्मस्थल मानिने भारतको अयोध्यामा निर्माणाधिन राममन्दिरको उद्घाटन तथा रामको मूर्ति प्राणप्रतिष्ठाको दिन नजिकिँदै गर्दा नेपालमा पनि उल्लास छाएको छ । यहाँका हिन्दु धर्मावलम्बीहरुले रामको मूर्ति प्राण प्रतिष्ठा हुने दिन जनवरी २२ तारिख अर्थात यही माघ ८ गते विभिन्न कार्यक्रम गरि उत्सवको रुपमा मनाउने तयारी गरेका छन् ।
यसैक्रममा अयोध्यामा राममन्दिरको प्राणप्रतिष्ठाकै अवसरमा पश्चिम नवलपरासीको सदरमुकाम परासीमा पनि धार्मिक शोभायात्रासहित दीपावली गरि भव्य रुपमा धार्मिक उत्सव मनाउने तयारी भईरहेको छ । ब्राह्मण समाज नेपाल जिल्ला कार्य समिति नवलपरासी र विश्व हिन्दु परिषद् नवलपरासीको नेतृत्व एवं अन्य धार्मिक संघ संस्थाहरुको सहकार्यमा सदरमुकाम परासीमा माघ ८ गते बृहत धार्मिक शोभायात्राले नगर परिक्रमा गर्ने गरि तयारी तीव्र पारिएको ब्राह्मण समाज नवलपरासीका अध्यक्ष गिरीराज पाण्डेले जानकारी दिनुभयो । भगवान् रामचन्द्रको तस्बीर अंकित व्यानर, रथयात्रा, बाजागाजा, भजनकृर्तन, शंखनाथसहित परासी बजार परिक्रमा गरि उत्सव मनाउन लागिएको उहाँले बताउनुभयो । उक्त कार्यक्रममा सबै हिन्दु धर्मावलम्बी तथा अन्य शुभेच्छुकहरुलाई सहभागिताका लागि आग्रह गरिएको छ ।
परासीको घोडपालीस्थित लक्ष्मीनारायण मन्दिरबाट माघ ८ गते दिउँसो १ बजे धार्मिक शोभायात्रा निकाल्ने तयारी छ । सोही दिन प्रत्येक हिन्दु धर्मावलम्बीहरु र अन्य शुभचिन्तकलाई घरघरमा साँझ दिपावली गर्न, सोही दिन परासीसहित जिल्लाभर रहेका मन्दिरहरुमा भजनकृतन,आरतीसहित दिपावली गर्न समेत आह्वान गरिएको छ । जिल्लाका विभिन्न स्थानबाट भजन कृतनसहितको समूह परासी आएर धार्मिक शोभायात्रामा सहभागि हुने बताईएको छ । महेशपुर, सरावल लगायतका स्थानबाट विश्व हिन्दु परिषद्को नेतृत्वमा सोही दिन मोटरसाईकल र्यालीसहित परासी बजार आउने कार्यक्रम पनि रहेको विश्व हिन्दु परिषद नवलपरासीका अध्यक्ष अनिल अग्रहरीले जानकारी दिनुभयो ।
भारत र नेपालका लागि मात्रै होईन् उक्त दिन विश्वकै हिन्दुका निम्ति ऐतिहासिक रहेको ब्राह्मण समाज नेपालकी केन्द्रीय सचिव राधिका न्यौपाने बताउनुहुन्छ । भगवान् रामको मूर्तिको प्राण प्रतिष्ठासँगै नेपालकी छोरी जानकी (सीता) पनि आफ्नो गृहप्रवेश गर्ने नेपाली हिन्दु धर्मावलम्बीहरुले विश्वास गरेका छन् । जानकी नेपालकी छोरी भएकोले पनि यो नेपालीका लागि खुशी र गौरवको विषय भएको न्यौपानेले बताउनुभयो । ब्राह्मण समाज नेपालका पूर्व केन्द्रीय सचिव ज्ञानेश्वर ज्ञवालीले रामको प्राण प्रतिष्ठा हुने दिन माघ ८ गते जिल्लाका कुनै पनि स्थानमा माछा मासुको बध तथा विक्रीवितरण एवं मदिराजन्य वस्तुको विक्री वितरण र प्रयोग नगरि सहयोग गर्न आग्रह गर्नुभएको छ।
धार्मिक शोभायात्रा भव्य र सभ्य रुपमा सम्पन्न गर्न भईरहेको तयारीका विषयमा आज ब्राह्मण समाज नेपाल जिल्ला कार्य समितिको परासीस्थित लक्ष्मीनारायण मन्दिरमा बैठक बसी आवश्यक छलफल गरिएको समाजका अध्यक्ष पाण्डेले बताउनुभयो ।

B2

बैठकमा समाजका केन्द्रीय सदस्य युवराज भण्डारीलाई सम्मान गरिएको थियो भने ब्राह्मण समाज नेपाल नवलपरासीको जिल्ला सदस्य तथा प्रवक्तामा पत्रकार मोहन पौडेल र जिल्ला सदस्यमा गोपाल प्रसाद पाण्डे(भूमही)लाई मनोनीत गरिएको समाजका जिल्ला सचिव यादव प्रसाद खनालले जानकारी दिनुभयो ।यसैबीच ब्राह्मण समाज नेपाल नवलपरासीले आजै नवआगन्तुक प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीलाई बैदिक मन्त्रसहित स्वागत सम्मान गरेको छ भने माघ ८ गते हुने धार्मिक शोभायात्रालाई सफल बनाउन आवश्यक शान्ति सुरक्षामा सहयोग गर्न ध्यानाकर्षण पनि गराएको छ ।

B3

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस