२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

पाल्हीनन्दनको एक होटलबाट लागूऔषधसहित चार जना पक्राउ

२०८० माघ ३, बुधबार प्रकाशित ( महिना अघि) ६०२ पाठक संख्या

मोहन पौडेल
परासी, ३ माघ । पश्चिम नवलपरासीकोे लोहरौलीबाट लागूऔषधसहित चार जना युवा पक्राउ परेका छन् । पाल्हीनन्दन गाउँपालिका वडा नं.४ स्थित नेशनल गेष्ट हाउस एण्ड खाजा घरबाट प्रहरीले मंगलबार राति लागूऔषधको कारोबार गरिरहेको अवस्थामा स्थानीय चार युवालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा पाल्हीनन्दन वडा नं ३ का ३० वर्षीय जमालुद्धिन नाउ, सोही स्थान बस्ने २४ वर्षीय विक्रम सहानी, २२ वर्षीय सन्तोष गोसाई र वडा नं.४ लोहरौलीका २५ वर्षीय सोनु पटेल रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो । उनीहरुको साथबाट बुप्रोनोर्फिन ५० एम्पुल, डाईजोपाम पचास एम्पुल,फेनरागन ५० एम्पुल नामक प्रतिबन्धित लागूऔषध बरामद गरिएको डिएसपी बोहराले बताउनुभयो । विभिन्न कम्पनीका तीन थान मोबाईल समेत प्रहरीले बरामद गरेको छ ।
लोहरौलीमा रहेको उक्त होटल भित्र अवैद्य रुपमा लागूऔषधको खरिद बिक्री तथा ओसारपसार भईरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी गेरमीबाट खटिएको टोलीले उक्त स्थानको जाँच गरेको थियो । लागूऔषधसहित पक्राउ परेका चारै जनाविरुद्ध लागूऔषध मुद्धामा जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%

प्रतिक्रिया दिनुहोस